Hindi Films

प्रतिस्पर्धामा रिजनल ब्राण्ड, स्पाइसले भित्रायो नयाँ स्मार्टफोन

Unknown | 05:37 | 0 comments

५ साउन, काठमाडौं । नेपाली स्मार्टफोन बजार कब्जा गर्ने अभियानमा लागेका रिजनल ब्राण्डबीच पछिल्लो समय तिब्र प्रतिस्पर्धा बढेको छ । कम भन्दा कम मूल्यमा बढी भन्दा बढी फिचर भएका स्मार्टफोन बजारमा ल्याउने प्रतिस्पर्धा रिजनल ब्राण्डका मोबाइल कम्पनीमा चलिरहेको छ । रिजनल ब्राण्डका स्मार्टफोन नेपाली मध्यमवर्गीय उपभोक्ताको रोजाइमा समेत पर्न सफल भएका छन् । यहि क्रममा स्पाइसले नयाँ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ ।
भारतीय मोबाइल कम्पनी स्पाइसको ‘एमआई-४५०’ र ‘एमआई-४२२’ मोडेल नेपाल बजारमा भित्रिएका हुन् । स्पाइस मोबाइलको नेपालका लागि आधिकारीक बिक्रेता टेलिटक प्रालिले नयाँ मोडेलका स्मार्टफोन नेपाली बजारमा भित्राएको हो । स्पाइसका नयाँ स्मार्टफोनले कार्बन, माइक्रोम्याक्स, लाभा, विङकमलगाएत रिजनल ब्राण्डका टुजी स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । एमआई-४५० दूई सीम प्रयोग गर्न मिल्ने यो स्मार्टफोनले टुजी नेटवर्क सर्पोट गर्छ । ४.५ इञ्भ ठूलो टचस्त्रिन रहेको यस स्मार्टफोनमा ३.५ एमएमको अडियो ज्याक प्रयोग गर्न मिल्छ । स्मार्टफोनको ब्याक साइडमा एलइडी फ्लाससहितको ३.१५ मेगापिक्सल क्यामेरा रहेको छ भने फ्रन्ट साइडमा १.३ मेगापिक्सेल क्यामेरा रहेको छ ।
एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा एफएम, एचटिएमएल, एमपीफोर, एमपीथ्री, युट्यूव, गुगल सर्च, म्याप लगाएतका सुविधाहरु रहेका छन् । एमआई-४२२ एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा १ गिगाहर्ज प्रोसेसर रहेको छ । दुई सीम प्रयोग गर्न मिल्ने यसमा ४ इञ्चको टचस्त्रिन रहेको छ । ३.२ मेगापिक्सेल क्यामेरा, ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने, १३०० एमएएच क्षमताको ब्याटि्र, ब्लुटुथ, एमपिथ्री, एमपिफोर लगाएतका सुविधाहरु यस स्मार्टफोनमा रहेका छन् । प्रतिस्पर्धामा रिजनल ब्राण्डस्मार्टफोन नेपाली मध्यमवर्गीय उपभोक्ताको रोजाइ भिडियो हेर्नुहोस् ।

Category:

0 comments