Hindi Films

दुधौरे खोलाको पुल भासियो, महेन्द्र राजमार्ग अवरुद्ध

Unknown | 13:42 | 0 comments

बारा, असार २७ । बाराको पथलैया नजिक दुधौरा खोलाको पुल भासिएपछि महेन्द्र राजमार्गमा आवतजावत ठप्प भएको छ । एक सय ३० मिटर लामो पुलको बीच भागका पिलरहरु करीब चार फिट भासिएको र कुनै पनि बेला पुल भाँचिन सक्ने अवस्थामा पुगेको छ । पुल भासिएपछि त्यहाँबाट चल्ने सवारी साधन र यात्रु अफ्ठ्यारामा परेका छन् । वैकल्पिक मार्ग प्रयोग गर्दा झण्डै ५० किलोमिटर अरु घुमाउरो बाटो हिड्नु पर्ने भएको छ । पुल भासिंदै गएपछि हिजो दिउसोदेखि प्रहरीले आवातजावत पूर्ण रुपमा बन्द गराएको छ, बाराका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले राष्ट्रिय राजमार्गको पुल भासिएकाले तत्काल वैकल्पिक बाटो संचालन गर्ने उपायको खोजी भईरहेको बताएका छन् । महेन्द्र राजमार्गका अधिकांश पुल कमजोर बन्दै गएको अवस्थामा केही बर्ष यता नदीबाट गिटीढुंगा निकाल्ने क्रम बढ्दा पुलहरु झन् जोखिममा पर्दै आएका छन् ।

Category:

0 comments