Hindi Films

बस दुर्घटना २ जनाको मृत्यु, २२ जना घाईते

Unknown | 01:28 | 0 comments

९ साउन, झापा । झापाको सुरुङामा आज विहान बस पल्टिदा दुई जनाको मृत्यु भएको छ । घटनामा चालकसहित २२ जना घाईते भएका छन् । विहान सवा बजे पश्चिमबाट पूर्व जादै गरेको मे १ ख १२९८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सुरुङा-२, जुके कल्वटमा पल्टिदा दमक-१० की ३५ बर्षकी गंगा सापकोटा र सुनसरी भरौल-६ का ४२ बर्षका शिशिर चोङवाङ लिम्बुको मृत्यु भएको हो ।
गम्भीर घाईते सापकोटाको विर्तामोडस्थित कञ्चनजङघा र लिम्बुको विर्तामोडकै मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दमकबाट इला माईत हिडेकी सापकोटाको मृत्यु भएको छ भने उनको ८ महिनाको छोराको अवस्था गम्भीर रहेको छ । शिशुको विर्तामोडमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । घाईते मध्ये १२ जनाको कञ्चनजङघा, ६ जनाको विर्तामोडकै कन्काई र अन्य ४ जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । बस तीव्र गतिमा रहेकाले अनियन्त्रि भएर पल्टिएको प्रहरीको भनाई छ । भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments