Hindi Films

डल्फिनले पनि यसरी सिट्ठी बजाउछ !

Unknown | 02:13 | 0 comments

काठमाडौं, श्रावण ९ । मानिसको मित्र मानिने जीव डल्फिनबारे बैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । स्कटल्याण्डको सेन्ट एंड्रज विश्वबिद्यालयका बैज्ञानिकहरुका अनुसार समुद्री स्तनधारी जीव डल्फिनले एकअर्कालाई बोलाउनका लागि सिट्ठी बजाउने गरेका छन् ।
समुद्रमा रहने डल्फिनले एक अर्कालाई बोलाउन बिशेष प्रकारको सिट्ठी बजाउने र सिट्ठीको आवाज पहिचान गरेका डल्फिनले समुद्रबाट बाहिर टाउको निकाल्ने गरेको शोधले देखाएको छ । अुनसन्धानका लागि बैज्ञानिकहरुले समुद्री सतहमुनि थरीथरीको ध्वनी रेकर्ड गरेको र सो ध्वनी बज्दा डल्फिनले सिट्ठी बजाएर प्रतिक्रिया दिने गरेको समेत जनाएका छन् । बिशाल समुद्रमा एकैसाथ रहने गरेका डल्फिनहरुको क्षमता बिकास तीब्र गतिमा हुने गरेको पनि शोधले देखाएको छ ।भिडियोमा हेर्नुहोस् डल्फिनले कसरी सिट्ठी बजाउछ ।

Category:

0 comments