Hindi Films

हास्य कलाकार मदन कृष्ण र हरीबंशले मह जोडीको भ्रष्टाचार बिरुद्ध तयार टेलिफिल्म प्रशारण (भिडियो )

Unknown | 07:29 | 0 comments

साउन १ एजेन्सी नेपाली कलाकारीताको क्षेत्रमा उत्कृष्ठ अभिनय गर्न सफल हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरीबंश आचार्यले भ्रष्टाचार बिरुद्ध तयार पारेको नया टेलीफिल्म शुक्रबारबाट प्रशारण हुने भएको छ ।
वरिष्ठ अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अभिनय गरेको नयाँ टेलिफिल्म ‘आँऽऽऽ’ तयार भए पछी प्रदर्सनको मिति जुरेको हो । मह सञ्चारको निर्माणमा तयार भएको टेलिफिल्म ‘आँऽऽऽ’ यही साउन ४ गतेबाट हरेक शुक्रबार नेपाल टेलिभिजनमा प्रशारण हुनेछ । टेलिफिल्मकै अभिनेता हरिवंश आचार्यले आफ्नो फेसबुक मार्फत यस कुराको जानकारी गराउनुभएको हो । अभिनेता आचार्यका अनुसार टेलिफिल्म ‘आँऽऽऽ’ स्थानीयस्तरमा हुने भ्रष्टाचार विरुद्ध तयार गरिएको छ पुरा भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोला !!!

Category:

0 comments