Hindi Films

आफ्नै कोखबाट जन्मेकी छोरीलाई निर्दयी आमाले हत्या गरेको खुलासा

Unknown | 15:06 | 0 comments

आफ्नै कोखबाट जन्मेकी छोरीलाई प्यूठानकी एक निर्दयी आमाले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले आज पत्रकारसम्मेलन गरी जानकारी गराएको छ । खलङ्गा–९, बुढाचौर निवासी तुलसीदेवी सुनारले आफन्तको सहयोगमा आफ्नै छोरी किरणको हत्या गरेको सार्वजनिक गरेको हो ।
गतवर्षको घटना बल्ल थाहा पाएको प्रहरीले मृतकको मामा नाता पर्ने लक्ष्मण र दिदी कुसुमको सहयोगमा घरमै कर्तब्य गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । हत्याको स्पष्ट कारण खुल्न नसकेको बताउँदै उहाँले किरणलाई हत्या गरी आफू सुत्ने कोठामा मृतकलाई राखेर भारत गएका थिए । भारतीय प्रहरीमा कार्यरत उनका श्रीमान् इन्द्रबहादुर सुनार दुई वर्ष पहिले मृत्यु भएपछि सासुबाहेक सपरिवार भारतमा बस्दै आएका थिए । उनीहरु सबै त्यहाँ बस्दै आएकाले गाउँलेले मृतक किरण पनि उतै भएको हुनसक्ने भन्दै एक वर्षसम्म सम्पर्कमा नरहेकी किरणलाई खोजतलास गरेका थिएनन् । विसं २०६९ जेठ २४ गते भारत जाँदाको अघिल्लो दिन छोरीलाई भारतको चेन्नइमा पढाउन पठाएको भन्ने गाउँमा हल्ला फैलाएपछि यो घटना अहिलेसम्म गुपचुप रहेको थियो । आफ्नै कोखमा हुर्केकी छोरीलाई हत्या गरी गएकी आमा यो वर्ष पुनः आफन्त भेट्न भन्दै सो घटना लुकाउन गाउँ आउँदा छोरी किरण नलिई आएपछि यो घटना बल्ल बाहिर आएको हो । यो पटक करिब १० दिन गाउँ बसेकी उनले घरभित्र सडेगलेका मानव हड्डीजस्तै देखिने कङ्काल घरनजिकै जलाएको र छोरीसमेत एकवर्षसम्म कसैको पनि सम्पर्कमा नरहेकाले त्यो उनै छोरी किरणको हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई सुराक दिएका थिए । स्थानीयको सुराकमा अनुसन्धान गर्न मामा नाता पर्ने लक्ष्मणलाई नियन्त्रणमा लिएपछि सो मानव कङ्काल किरणको नै भएको पुष्टी भएको थियो । घरमा एक्लै बस्दै आएकी सासु फुर्सिदेवीलाई बन्द कोठामा अरु कसैलाई पस्न नदिनु र नखोल्नसमेत बुहारी तुलसीदेवीले भनेपछि उनको लास एक वर्षसम्म बन्दकोठामा थुनेर रहेको अवस्थामा भेटिएको थियो ।पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments