Hindi Films

चीनमा घूस लिएको अभियोगमा पूर्व मन्त्रीलाई मृत्युदण्डको सजाय (भिडियो)

Unknown | 12:44 | 0 comments

असार २४ । घूस लिएको र पदको दुरुपयोग गरेको अभियोगमा चीनमा एक पूर्व मन्त्रीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
घूस लिएको र पदीय अधिकार दुरुपयोग गरेको अभियोगमा चिनियाँ अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएका पूर्व रेलमन्त्री लिउ सिजुनलाई अर्को निर्णय नभएसम्मका लागि उनीविरुद्धको मृत्युदण्डको सजाय निलम्बनमा राखेको छ । लिउले घूस लिनका लागि ११ जनालाई आफ्नो अधिकार दुरुपयोग गरेर काम दिलाएको आरोप लागेको थियो । अर्बैं अर्ब रुपैयाँ रहने रेल मन्त्रालय लीउले सन् २००३ मा सम्हालेका थिए ।तर, भ्रष्टाचारमा संलग्न भएको अभियोग लागेपछि उनलाई सन् २०११ मा मन्त्रीबाट हटाइएको थियो । सत्ता र शक्तिमा रहेको २५ वर्ष अवधिमा लिउमाथि एक करोड डलरभन्दा बढी घूस लिएको अभियोग अदालतले प्रमाणित गरेको हो ।बेईजिङ (एजेन्सी),पुरा भिडियो हेर्न को लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments