Hindi Films

जन्मदिनमा ज्ञानेन्द्रले भने–नेताहरुलाई सद्बुद्धि आओस् (भिडियोसहित)

Unknown | 10:02 | 0 comments

२३ असार, काठमाडौं । आइतबार ६७ औं जन्मदिन मनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले नेताहरुलाई सद्बुद्धि आओस् भनि कामना गर्नु भएको छ । हालै मात्र मध्य तराईका जिल्लाहरुको भ्रमण गरेर आएका ज्ञानेन्द्रले पछिल्लान वर्षहरुमा झै यस वर्षपनि निर्मल निवासमा आफ्नो समर्थक र सार्वसाधारणबाट शुभकमना लिएर जन्मदिन मनाउनु भयो ।त्यसक्रममा ज्ञानेन्द्रले झुक्याउने प्रबृत्ति अन्त्य होस् भन्नुभयो ।
गालामा हात लगाएर सञ्चारकर्मीलाई संक्षित प्रतिक्रिया दिँदै ज्ञानेन्द्रले भन्नुभयो-’हाम्रो नेताहरुलाई सद्बुद्धि आओस्, हामीलाई अब झुक्याउने प्रबृत्ति अब त्यो सिद्धियोस् र अब सर्वसाधारणको हितमा राष्ट्रको हितमा र जनताको हितमा उहाँहरुले जे गरे पनि कदम त्यो अनुसारले चलोस् ।’ उहाँले अबको चुनाव निस्पक्ष वातावरणम हुनु पर्नेमा समेत जोड दिनुभयो । ‘निस्पक्ष वातावरणमै हुनुपुर्छ । जुन बहस हामीले गर्न खोजेका छौं, त्यो सफल होला, त्यो सफलताले प्रजातन्त्र सफल हुन्छ र राष्ट्र सफल हुन्छ भन्ने म छान्दछु ।’ समर्थकहरुले पुनः शक्तिमा आउन गरेको आग्रहबारे सोधिएको प्रश्नमा ज्ञानेन्द्रले भन्नुभयो-’त्यसको जवाफ तपाई उहाँलाई नै सोध्नुहोस् । किन भन्नुभयो उहाँले ? मैले भन्न सक्दिन । उहाँलाई नै सोध्नुभयो भने स्पष्ट राम्रो जवाफ उहाँहरुबाटै पाउनुहुन्छ ।’ शुभकामना दिन निर्मल निवासको ढोका अगाडी टेबल राखेर बसेका ज्ञानेन्द्रको छेउमा नाती र नातिनी थिइन् । ज्ञानेन्द्रलाई शुभकामना दिन राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका शाहीकालका मन्त्रीहरुदेखि गायक योगेश्वर आमात्य समेत निर्मल निवास पुग्नु भएको थियो । हातमा फुल तथा माला लिएका सर्वसाधारण तथा ज्ञानेन्द्रका सर्मथकहरुको लाइन नै देखिन्थ्यो । निर्मल निवासमा राष्ट्रिय गीत गुन्जिएको थियो भने केही समर्थक बाजागाजासहित पुगेका थिए । भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments