Hindi Films

अर्घाखाँचीमा पूजाको प्रसाद खाँदा ४० जना वेहोश, ४ जनाको अवस्था गम्भीर

Unknown | 10:39 | 0 comments

अर्घाखाँची, श्रावण ५ । अर्घाखाँचीको ढाकावाङ गाउँ विकास समितिमा पूजाको प्रसाद खाँदा ४० जना वेहोश भएका छन् । ढाकावाङ गाविस वडा नम्बर ५ तल्ला गाउँमा गोठका देउतालाई पूजा गरेर प्रसाद खाएपछि ४० जना वेहोश भएका हुन् ।
उनीहरुले प्रसादको रुपमा खीर र तरकारी खाएका थिए । वेहोश भएका ४० जना मध्ये चारजनाको अवस्था गम्भीर रहेको ढाकावाङ उपस्वास्थ्य चौकीका प्रमुख भेषराज वन्जाडेले हामीलाई जानकारी दिए । प्रसाद खाएकाहरुमा वान्ता गर्ने र डराउने जस्ता लक्षण देखिएको बन्जाडेले जानकारी दिए ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments