Hindi Films

एसियान बिमान धावनमार्गमा दुर्घटना ग्रस्त..(भिडियो )

Unknown | 01:42 | 0 comments

२३ असार, काठमाडौं ।साउथ कोरियाको सिउलबाट अमेरिकाको क्यालिफोर्निया आएको ७७७ एसियान बिमान धावनमार्गमा दुर्घटना ग्रस्त भएको छ। अमेरिकाको सनफ्रान्सेसको विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । जसमा कम्तिमा २ जनाको मृत्यु भएको छ भने दजनौं घाईते भएका छन् । दक्षिण कोरियाको राजधानी सियोलबाट उडेको बोईङ ७७७ अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । ट्विटरमा पोष्ट गरिएको तस्विरमा यात्रुहरु विमानबाट हामफालेर दौडिरहको र विमानमा आगो लागेको देखाइएको छ । विमानमा २ सय ९१ यात्रु र १६ चालक दलका सदस्य थिए । यात्रुहरुमा १ सय ४१ चिनियाँ, ७७ दक्षिण कोरियाली र ६१ अमेरिकी नागरिक थिए । उनीहरुमध्ये १ सय ९० जनालाई सकुशल उद्दार गरिएको छ धो ४९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रारम्भीक अनुसन्धान अनुसार विमानस्थलको बारमा ठोक्किएर विमान दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण अहिले सम्म खुल्न नसकेको बीबीसीले जनाएको छ । भिडियो हेर्नुहोस् पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला ।

Category:

0 comments