Hindi Films

होटेल भत्किँदा १० जनाको मृत्यु २० फसे...

Unknown | 23:52 | 0 comments

दक्षिणी भारतीय सहर हैदरावादमा एक होटेल भत्किँदा भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा करिब २० व्यक्ति फसेको अनुमान गरिएको प्रहरी स्रोतले जनाएको छ । यस दुर्घटनामा ज्यान गुमाउने प्रायजसो रेस्टुरामा काम गर्ने कामदारहरू रहेका बताइएको छ ।
हैदरावाद सहरको राष्ट्रापाटी रोडमा दुई तल भवनमा सो होटेल अवस्थित रहेको जनाइएको छ । प्रहरी र अग्नी नियन्त्रकहरुको सहयोगमा ११ जना व्यक्तिलाई सो भवनको भग्नावशेषबाट उद्धार गरिएको जनाइएको छ । उद्धार गरिएका ती व्यक्तिहरूमध्ये केहीको अवस्था गम्भीर भएको र भवन भग्नावशेषमा करिब २० व्यक्ति फसेको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरी स्रोतले अनुमान गरेको छ । सो होटेल भत्किँएको भग्नावशेषबाट ६ वटा शव निकालिएको साथै अन्य ११ घाइते व्यक्तिलाई उद्धार गरिएको प्रहरीले जनाएका छन् । भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस ।

Category:

0 comments