Hindi Films

चरीलाई लखेट्दै दुस्मनले गोली प्रहार गरेपछि, कसले हान्यो चरीलाई गोली ?

Unknown | 09:24 | 0 comments

एमालेनिकट ‘डन’ ‘चरी’ उपनामले चिनिएका गुण्डा नाइके दिनेश अधिकारीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ‘चरी’माथि उनकै पूर्वसहयोगीले गोली हानी हत्या–प्रयास गरेका छन् ।
पहिला चरीकै समूहमा रहेका धादिङका राधे भण्डारीको समूहले शुक्रबार बेलुका करिब साढे १० बजे सतुंगलको सडकमा गोली हानेको हो । पाखुरामा गोली लागेका उनले भागेर ज्यान बचाएका छन् । चरीलाई लक्षित गरी पटक–पटक गोली प्रहार भएकोमा एउटा गोली उनको पाखुरामा लागेको हो । घटना प्रकृति हेर्दा हत्याकै योजनाले उनीमाथि आक्रमण भएको प्रहरी अधिकारीहरू बताउँछन् । चरीलाई आक्रमण गर्नेमध्ये एक राजेन्द्र लामा उपचार गराइरहेको अवस्थामा पक्राउ परेका छन् । बाफल क्षेत्रका डन मानिने समीरमान बस्नेत र राधेले आफूमाथि आक्रमण गरेको चरीले बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी चक्रबहादुर सिंहले दुई समूहबीचको दुस्मनीको कारण गोली प्रहार भएको बताए । घटनामा संलग्न व्यक्तिको अनुसन्धान भइरहेको उनको भनाइ छ । हालसालै किनिएको ८० लाख रुपैयाँ पर्ने बा.१०च ५९९३ नम्बरको भक्सवागन पोलो जिप चलाएर धादिङबाट काठमाडौं फर्कंदै गर्दा चरीमाथि सतुंगल पुलनजिकै आक्रमण भएको थियो । चरी काठमाडौं फर्कंदै गरेको थाहा पाएपछि गुन्डागर्दीमा संलग्न उनका विरोधी समूहले बाटो कुरेर आक्रमण गरेका हुन् । भिडियो हेर्न को लागि बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments