Hindi Films

आजको राशिफल:वि.सं.२०७१ साल भदौ २४,9th 2014

Unknown | 22:47 | 0 comments

Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर, धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला। मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । विशेषतः अस्थायी कामबाट लाभ मिल्नेछ । लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ । Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ। भाग्योन्नतिको समय छ । Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला । Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि लाभा मिल्नेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ। व्यावसायिक काममा राम्रै फाइदाको योग छ । Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ । Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला । Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ । काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

Category:

0 comments