Hindi Films

बलिउडमा नेपालि अभिनेता सुनिल थापाले फेरी चकित पारे!!

Unknown | 22:29 | 0 comments

२०७१ भदौ २४ गते अघिल्लो साता रिलिज भएको फिल्म ‘मेरी कोम’मा नेपाली अभिनेता सुनिल थापाले गरेको अभिनयको बलिउड सिने उद्योगले खुलेर तारिफ गरेको छ । नेपाल चर्चित कलाकार थापाको बलिउड पुनरागमन निकै दमदार रहेको र उनले प्रभावशाली अभिनय गरेको भारतीय समिक्षकहरुले टिप्पणी गरेका छन् । चर्चित महिला बक्सिङ खेलाडी मेरी कोमको जीवनकथामा आधारित फिल्म हो । सुनिल थापा मेरी कोमको कडा प्रशिक्षकको भूमिकामा छन्, जसले मेरी कोमलाई ससक्त तालिम दिन्छन । यो भूमिका उनको फिल्मी करिअरको भिन्न भूमिका हो । आफ्नो अभिनयका कारण उनले बलिउडका समिक्षकहरुको मन अवश्य पनि जितेका छन् । बलिउडका केही चर्चित समीक्षकहरुले सुनिल थापाका बारेमा व्यक्त गरेका विचारहरु यस्ता छन्ः
सुनिल थापालाई पूर्णाङ्क, जसले सजिलोसँग आफ्नो भावनात्मक, व्यवसायिक तथा तर्कसंगत पाटो प्रस्तुत गरेका छन् । उच्चस्तरीय प्रशिक्षकमा हुनुपर्ने गुण उनमा दुरुस्तै देखियो । मेरीका अभिभावकको भूमिकामा खेल्ने दम्पतीको हकमा पनि सोही लागु हुन्छ । बाँकी सबैको सहयोगमा फिल्म कुनै गल्ती कमजोरी विना नै अघि बढेको छ । – तरण आदर्श, बलिउड हंगामा डट कम । मेरी कोमको प्रशिक्षकको रुपमा सुनिल थापा अद्भुत छन् । उनले आफ्नो आशा, निराशा, त्रास तथा आक्रोसको भावना झल्काएका छन् विभिन्न समयमा, निकै आश्चर्यजनक रुपमा- कोमल नाहटा, जी इटीसी मेरीको श्रीमान्को ओनलरको भूमिकामा रहेका दर्शन कुमार, बुवाको भूमिकामा रहेका रोविन दास र प्रशिक्षकको भूमिकामा रहेका सुनिल थापा निकै उत्कृष्ट छन् -अनुपमा चोपरा, हिन्दुस्तान टाइम्स मेरी कोममा निकै उत्कृष्ट सहायक भूमिका छन् । मेरीका अभिभावक, प्रशिक्षक (सुनिल थापा) देखि श्रीमान दर्शन कुमारसम्म । यसकारण भन्नैपर्छ की मेरी कोम केवल बक्सिङ सम्बन्धि फिल्म मात्र होइन अरु धेरै हो- सरिता ए तनवार, डिएनए इण्डिया । नेपालका अर्का चर्चित कलाकार सुनिल थापा जसले फिल्ममा पि्रयंकाको प्रशिक्षकको भूमिका निर्वाह गरे उनले निकै उत्कृष्ट अभिनय गरेका छन्- सौरभ द्विवेदी, इण्डिया टुडे । प्रियंका चोपडाले पात्रको भूमिका निर्वाह गर्न निकै कडा मेहेनत गर्नुपर्यो । उनको प्रशिक्षकको भूमिकामा रहेका सुनिल थापा तथा उनको श्रीमानको भूमिकामा रहेका दर्शन कुमारले आफ्नो तर्फबाट इमान्दार प्रयत्न गरेका छन्- रोहिट खिलनानी, इण्डिया टाइम्स मेरीको प्रशिक्षकको भूमिकामा रहेका सुनिल थापाले आक्रामकता, वर्चस्व र सहानूभूतिको सम्मिश्रण प्रस्तुत गरेका छन्- प्रथमेश जादव, इण्डिया डट कम मेरीको कोचको रुपमा सुनिल थापाले चकित पारेका छन् । उनी यस्ता अभिनेता हुन् जसले आफ्नो आँखाको अभिव्यक्तिले धेरै कुरा बोलिरहेका हुन्छन्-आर एम विजयकर, इण्डियावेस्ट डट कम फिल्मका हरेक दृश्यमा पि्रयंका हावी भएपनि उनका प्रशिक्षक सुनिल थापा र श्रीमान दर्शन कुमारले आफ्नो इमान्दारीपूर्ण प्रदर्शनका कारण उपस्थिति बोध गराएका छन्- रेडिफ डट्कम

Category:

0 comments