Home �
News
� कस्तो अचम्म!! कान्छी श्रीमती भएर आएकी युवती फिर्ता
Unknown |
02:06 |
0
comments
सर्लाही, २०७१ भदौ २८–
सर्लाही बरहथवा–४ का एक ६० वर्षीय वृद्वले कान्छी श्रीमती बनाउने आश्वासन दिएर घर ल्याएका एक युवतीलाई केही दिन राखेर फिर्ता पठाएका छन् । वृद्व रक्तु साहले काठमाडौंबाट ललाई–फकाई एक १९ वर्षीया युवतीलाई घर ल्याएर केही दिन राखी फिर्ता पठाएका हुन् ।
उनले सिन्धुपाल्चोक मेलम्ची घर भएकी युवतीलाई छोरा श्याम साह र अर्का एकको सहयोगमा फकाएर २० भदौसम्म घर ल्याएका थिए । अर्का व्यक्तिको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । तर, साहका परिवारका अन्य सदस्यले उनीविरुद्व प्रहरीमा उजुरी दिएका थिए ।
उजुरी परेपछि महिला विकास नेपाल नामको संस्थाले युवतीको उद्वार गरी घर पठाएको संस्थाका संयोजक राउदेश महतोले जानकारी दिए ।
युवतीलाई वृद्व साहले प्रशस्त सम्पत्ति दिएर कान्छी श्रीमती बनाएर राख्छु भनेकोले आफू आएको बताएकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
Category:
News
0 comments