Home �
News
� फेसबुकले किन माग्यो माफी?
Unknown |
02:11 |
0
comments
facebookसोसल नेटवर्किङ साइट फेसबुकले एकजना बुवासँग उनको विज्ञापन अस्विकार गरेकोमा माफी मागेको छ ।

वास्तवमा एकजना बुवाले फेसबुकलाई आफ्नो विज्ञापनको मद्दतले आफ्नो दुई महिनाको छोरालाई मुटु प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्नको लागि आग्रह गरेको थियो । हडसन नामक ती बालकको कार्डियोम्योपेथी नामक मुटुको रोगको उपचार भइरहेको छ ।
‘एबीसी ११’ च्यानलका अनुसार, हडसनका आमा–बुवाले फेसुबकमा आफ्नो बिरामी छोराको फोटो पोष्ट गरेर शल्यक्रियाको लागि ७५,००० डलर संकलन गर्नको लागि विज्ञापन दिएका थिए । फेसबुकले विज्ञापनको जवाफ दिँदै तस्बिर निकै डरलाग्दो र खलबली मच्चाउने किसिमको भएको बताएको थियो ।
सोसल नेटवर्किङ साइटले जवाफ दियो, ‘दुर्घटना, मृतक र क्षत–विक्षत भएका लाशहरु, भूत, जोम्बी, राक्षस, पिशाचको तस्बिरह पोष्ट गर्न अनुमती छैन ।’ यद्यपी फेसबुकले यो विषयमा पछि माफी माग्दै उक्त बालकको फोटो फेसबुकमा राख्न अनुमती दिएको छ ।
हडसनका बुवा केविन बान्डले एक फेसबुक पोष्टमा भने, ‘मैले पत्रिकाहरुमा फेसबुकको प्रतिक्रिया पढेँ । उनले मेरो परिवारमा भएको असुविधाको लागि माफी मागेका छन् । ’
परिवारले हडसनको मुटु प्रत्यारोपणका लागि अहिलेसम्म ३०,००० डलर आर्थिक मद्दत जुटाइसकेको छ । (एजेन्सी)
Category:
News
0 comments