Home �
� पूजालाई संझिएर सुदर्शनको सधै प्रेम दिवस(भिडियो)
Unknown |
08:56 |
0
comments
फाल्गुण १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘अझै पनि’ को ‘प्रेम दिवस’ बोलको गीत सार्वजनिक गरिएको छ । हरी लम्सालको संगीत तथा स्वर रहेको गीतमा संजिव थापाले शब्द कोरेका छन् ।
आलोक नेम्वाङको निर्देशनमा तयार भएको यो सिनेमालाई पूनम गौतम र सुदर्शन थापा मिलेर निर्माण गरेका हुन् ।
पूनम इन्टरटेन्मेन्टको ब्यानरमा सुदर्शन थापा प्रोडक्शनको प्रस्तुती रहेको यो सिनेमालाई गाउँले परिवेशमा आकर्षक बनाउने प्रयास गरिएको निर्माणपक्षले जनाएको छ । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमाल लगायतका कलाकारको अभिनय छ ।
निर्मात्री पूनम गौतमले चलचित्रको गीतसंगीत राम्रो भएकाले पनि दर्शकले मन पराउने विश्वास गरिन् । गीत सार्वजनिक भएसँगै सिनेमाको बारेमा दर्शकमा अझै प्रतिक्षा बढ्ने उनले अनलाइनखबरलाई बताइन् ।
Category:
0 comments