Hindi Films

‘श्रीमतिलाई जिउँदै जलाएर आएको हुँ, मलाई जेलमा हाल्नुहोस्’

Unknown | 06:06 | 0 comments

२०७१ भाद्र २४ गते श्रीमति छिमेकीसँग मायाप्रेम गाँसेको थाहा पाउँदा एक श्रीमान्को मनमा कस्तो होला ? पक्कै पनि रिसले चुर हुन्छ । त्यही रिसको चुरमा भारतको गुजरातमा एक श्रीमानले आफ्नै श्रीमतिलाई जिउँदै जलाइ दिएका छन् । छिमेकीसँग पल्केको भन्दै राजु नाम गरेका ति व्यक्तिले सुनिता नाम गरेकी आफ्नी श्रीमतिको शरिरभरि मट्टीतेल खन्याएर आगो लगाइ दिएका थिए । श्रीमतिलाई आगो लगाएर उनी सरासर प्रहरी चौकीमा गएका थिए । आफुले श्रीमतिलाई ज्युदै जलाएको र गिरफ्तार गर्न प्रहरीलाई निवेदन गरेका थिए । प्रहरी ति मानिसको कुरा सुनेर तिन छक परे तर प्रहरीले घरमा गएर हेर्दा श्रीमति जलिरहेको अवस्थामा भेटिए पछि उनलाई नियन्त्रणमा लिइएको थियो । ति व्यक्तिकी श्रीमतिलाई अस्पताल भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक भएको बताइएको छ ।

Category:

0 comments