Home �
News
� सिन्धुपाल्चोक पहिरो निरीक्षण गर्न जाँदा गृहमन्त्री लडेर घाइते, दाहिने धुँडामा सामान्य चोट
Unknown |
06:25 |
0
comments
काठमाडौं, भदौ २४– गत साउन १७ गते सिन्धुपाल्चोकको मांखास्थित जुरे भन्ने स्थानमा गएको पहिरोस्थल निरीक्षण गर्न पुगेका गृहमन्त्री बामदेव गौतम चिप्लिएर लड्न पुगेका छन् ।
पहिरो निरीक्षण गरेर फर्किँदै गर्दा बामदेव ओरालोमा लड्न पुगेका थिए ।
गृहमन्त्रीका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले पहिरोस्थल नजिकैबाट ओरालो झर्दै गरेको अवस्थामा गृहमन्त्री लडेको जानकारी दिँदै दाहिने घुँडामा सामान्य चोट लागेको बताए ।
‘गृहमन्त्रीज्यु लगायतको टोली पहिरोस्थल अवलोकनपछि ओरालो झर्दै थियो, एक्कासी उहाँ लड्नपुग्नु भयो’, सुवेदीले रातोपाटीसँग भने, उहाँको दाहिने धुँडामा सामान्य दछारिएर छाला गएको मात्रै हो ।’
लडेपनि उनी स्थानीय स्वास्थ्य संस्थामा मलाम पट्टी बाँधेर राजधानी फर्किएका थिए ।
अस्ती पहिरोले ताल बनेको ताल फुटेपनि त्यहाँको पछिल्लो अवस्थाबारे बुझ्न उनी त्यहाँ पुगेको बताइएको छ । त्यहाँ रहँदा उनले पीडित स्थानीयहरुसँग भलाकुसारी गर्दै उनीहरुको गुनासाहरु समेत सुनेका थिए ।
तस्बीरः अनन्तप्रकाश श्रेष्ठको फेसबुकबाट
Category:
News
0 comments