Home �
Interview
,
News
� हाँस्यकलाबाट कृषितिर ‘मुन्द्रे’ भन्छन्, बाख्रापालनमा राम्रो संभावना रहेछ
Unknown |
00:55 |
0
comments
 |

नेपाल टेलिभिजनमा प्रसारण हुदै आएको हास्य टेलिश्रृङ्खला जिरे खुर्सनीमा मुन्द्रेको नामबाट परिचित रहँदै आएका हाँस्यकलाकर जितु नेपालले आफ्नो कलाबाट सबैको मन जितेका छन् । अहिले आएर उनले नयाँ क्षेत्रमा हात हलेका छन् । उनले आफ्नो जन्मस्थान सिन्धुपाल्चोकमा बाख्रापालन व्यावसाय पनि संचालनमा ल्याएका छन् । यसै विषमा गरिएको कुराकानीको सम्पादीत अंशः
हासाँउने मान्छे धेरैले हेपेको कृषिमा कसरी लाग्नुभयो ?
म पहिलेदेखि नै कृषिसँग धेरै नजिक रहेको मान्छे हुँ । मैले एस एल सी पास गरुन्जेलसम्म पनि खेतीपाती गर्ने, घाँस काट्ने, लगायतका सबै कामहरु गर्थे । मेरो अहिलेको घर जडीबुटीको नरेफाँटमा रहेको छ । त्यहाँ नै बसोवास गर्ने मेरो गाउँका नै पुराना साथीहरु प्रकाश कार्की, विरन्द्र खड्का, केशव बोहोरा, दिनेश थपलिया, १ जना भेटनरी डाक्टर लगायतका ८ जना साथीहरु मिलेर मेरो गाउँ सिन्धुपाल्चोकको पाङ्ग्रेटार गाविस धुसुनेमा बाख्रापान सञ्चालन गर्न लाग्नुभएको रहेछ । उहाँहरुले यो प्रोजेक्टमा मलाई पनि बस्ने प्रस्ताव गर्नुभयो, मलाई रहर पनि थियो त्यसैले ८ जना साथीहरुको बाख्रापान गर्ने प्रोजेक्टमा म पनि एउटा हिस्सा बनेको हुँ ।
कहिलेदेखि कति लगानीमा शुरु गर्नुभयो बाख्रापालन ?
हामीले १ वर्ष अगाडि १ करोडको लगानीमा आधुनिक खोर सहितको बाख्रापालन शुरु गरेका हौं । मैले यसमा १५ प्रतिशत जति लगानी गरेको छु । फार्मको नाम सुनकोशी कृषि फार्म हो । फार्ममा साना ठुला गरी बोयर जातको १२ वटा बोकासहित ९० वटा बाख्रा रहेका छन् । हामीले यस फार्मलाई बच्चा उत्पादन गर्ने स्रोत केन्द्रको रुपमा विकास गर्ने योजनासहित २५ रोपनी जग्गा लिएका छौँ । त्यस स्थानमा बाख्राका लागि आवश्यक पर्ने धेरै घाँसहरु पनि लगाएका छौँ । फार्ममा नियमीत काम गर्ने ५ जना कर्मचारी रहेका छन् ।
अब व्यावसयिक कृषक बन्ने तयारी हो ?
म अहिले नै व्यावसायिक कृषक बन्ने तयारीमा चाहिँ होइन तर सिक्ने तयारीमा चाहिँ हो । गाउँका साथी भाइसँग भेटघाट हुने र एउटा संगठनमा सहभागी भई दीर्घकालिन रुपमा भविष्यमा कृषि क्षेत्रमा लाग्ने योजनाको एउटा खुट्किलोको रुपमा अहिले यस क्षेत्रमा लागेको हुँ । अहिले स्वदेशको भूमि बाँझो छोडेर विदेशमा मासिक १० देखी १५ हजार रुपैँया कमाउन कै लागि जाने यो परम्परालाई थोरै भएपनि रोक्न हाम्रो टिमको मेहनतले सक्ला भन्ने उद्देश्यले मैले केहि मात्रामा कृषि क्षेत्रमा लगानी गरेको हुँ । म सिक्ने क्रममा नै छु ।
पहिला केहि नबुझि गरिन्थयो, व्यावसायिक रुपमा सोचिदैनथ्यो, प्रविधिको ज्ञान नभइ कृषि गरिन्थो तर अहिले हामीहरुले धेरै प्राविधिक विषयहरु बुझेर सुरु गरेका छौं ।
तपाईको विचारमा कृषि के हो जस्तो लाग्छ ?
कृषि जीवनको अभिन्न अङ्ग यो विना मानिसको जीवनयापन कल्पना गर्न सकिँदैन । अझ नेपालको सन्दर्भमा कृषि नेपाली अर्थतन्त्रको मुख्य आधार हो । तर व्यावहारमा भने खासै लागु हुन सकेको देखिँदैन । किसानलाई उत्पादन देखि बजारीकरण सम्म सरल पहुँचको व्यवस्था सरकारले मिलाउनुपर्ने देखिन्छ । कडा विषादीको प्रयोगले किसानको साथै अन्य उपभोक्ताहरुलाई पनि धेरै किसिमको रोगको सिकार बनाएको छ । त्यसैले यस प्रकारको विषादीहरुको प्रयोग कम गर्दै लैजानुपर्दछ ।
कृषि काम छोडेर विदेश जाने नेपालीलाई के भन्न चाहानुहुन्छ ?
विदेशमा १८ घण्टा खटेर १० हजार रुपैँया मात्र कमाउने नेपालीहरुलाई त्यसरी जानुभन्दा त्यति नै समय आफ्नो माटोमा विधि पु¥याएर पसिना बगाउँदा धेरै फाइदा हुने मेरो अनुभव र सुझाव छ ।
–कृषि मासिक
 |
Category:
Interview,
News
0 comments