Home �
News
� ७१ बर्षीया कान्छीमाया सिंतानको किन गरे गाउँलेले जवर्जस्ती विवाह, हेर्नुहोस् ..
Unknown |
00:49 |
0
comments
 |

सिसिर सिंखडा ,चितवन २३ भदौं
पूर्वी चितवनको पदमपुर–८ दुईसय विगाहकी ७१ बर्षीया कान्छीमाया सिंतानको जवर्जस्ती बिवाह गराएको भन्दै प्रहरीले स्थानीय ६ जनालाई पक्राउ गरेको छ । गत भदौं १४ गते आफनो घर आएका भदैनी ज्वाई संग अनैतिक कार्यगरेको अरोप लगाई स्थानीयले एकल महिला समेत रहेकी कान्छीमायालाई १५ गते कुटपीट गरी कालोमोसो लगाई हात समेत बाधेर गाउँ घुमाएको पिडित कान्छीमायाले बताईन । इलाका प्रहरी कार्यालय रत्ननगरको परिषरमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् तीजको समयमा भदैनी र ज्वाईलाई वोलाएकोमा भदैनी विरामी भएर आउन सकिनन्,पाहुना आएका ज्वाई अंगत मोक्तानलाई नै यस्तो गरे । ज्वाई मोक्तान स्थानीयको कुटाईवाट घाइते भई अस्पतालमा उपचारपछि घर र्फकेका छन ।
घटनामा किटानी जाहेरी परेका १७ जना मध्य प्रविना गोले,बुद्धिमाया विक,सरस्वती ब्लोन,विरबहादुर सिंतान,पदमबहादुर तामाङ,ऋषिराम मरहठठालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी टीकाबहादुर कार्कीले बताए । अन्य किटानी जाहेरी परेका हरुको खोजिकार्य भईरहेको समेत उनले बताए । घटनाको सम्वन्धमा महिला अधिकारकर्मी पार्वती रावल,विमला दवाडी,महादेवी खतिवडा र विमला तामाङले यस्तो जघन्य प्रकारको महिला हिंसाको घटनामा संलग्न लाई कानुनी दायरामा ल्याउनुपर्ने पत्रकार सम्मेलनमा उनीहरुले माग गरेका छन ।
 |
Category:
News
0 comments