Hindi Films

नातिनी उमेरकीलाई कान्छी बनाउने ‘हजुरा बा’को सपना तुहियो

Unknown | 08:09 | 0 comments

महोत्तरी भदौ २७ - झट्ट हेर्दा हजुरबा र नातिना जस्ता । उमेरले पनि यही भन्छ । तर बुढा मान्छेको मति बिग्रिएपछि के लाग्छ र ! नातिनी भन्न सुहाउने युवतीलाई ६० वर्षका बृद्धले ललाईफकाई श्रीमती बनाउँछु भन्दै एकहप्ता सँगै राखेको खुलासा भएको छ । सिन्धुपाल्चोक मेलम्ची घर भएकी १९ वर्षकी युवतीलाई सर्लाही बरहथवा वडा नम्बर ४ निवासी ६० वर्षिय रक्तु साहले विभिन्न प्रलोभन देखाएर कान्छी श्रीमती बनाउँछु भन्दै घर ल्याएर एकहप्ता सँगै राखेका हुन् । तर परिवारले स्वीकृति नदिएपछि विवाह गर्ने वृद्धको सपना त्यसै तुहिएको छ । रक्तु साहका परिवारका सदस्यले प्रहरीमा उजुरी दिएपछि सर्लाहीमा रही महिला ओसारपसार तथा बेचविखन विरुद्ध काम गर्ने महिला विकास नेपाल संस्थाले युवतीको उद्धार गरी उनलाई घर पठाएको संस्थाका संयोजक रामउदेश महतोले जानकारी दिनुभयो । महिला अधिकारकर्मी झम्का धिताल नेतृत्वको तीन सदस्यीय टोलीले युवतीलाई लालबन्दीबाट सिन्धुली हुँदै शुक्रबार उनको घर सिन्धुपाल्चोकको मेलम्ची पु¥याएको संयोजक महतोले बताउनुभयो । भदौ २० गते नै बृद्धले युवतीलाई कान्छी श्रीमती बनाउँछु भन्दै काठमाडौंमा घर ल्याएका थिए । बृद्ध विरुद्ध परिवारकै सदस्यले उजुरी दिएपछि बरहथवामा रहेको इलाका प्रहरी कार्यालयले वृद्ध र युवती दुवैलाई कार्यालयमा उपस्थित गराई सोधपुछ गरेको थियो । प्रशस्त रकम दिएर कान्छी श्रीमती बनाएर राख्छु भनेकाले बृद्धसँग आएको बयान युवतीले दिएकी थिईन् । इलाका प्रहरी कार्यालयका बरहथवाका प्रहरी निरीक्षक विजय यादबले बृद्धले कान्छी श्रीमती बनाउँछु भनेर ल्याए पनि युवतीको यौन शोषण भने नगरेको दावी गर्नुभयोे । ‘म आफैं र महिला अधिकारकर्मीहरुले युवतीलाई बृद्धले यौन शोषण गर्‍यो भनेर सोध्दा युवतीले छैन भनिन्’ यादबले भन्नुभयो, ‘युवतीले नै यौन शोषण भएको छैन भनेपछि वृद्धलाई कुनै कारवाही नगरी छाड्यौं ।’ युवतीलाई काठमाडौंबाट सर्लाही ल्याउने काममा रक्तु साहसहित उनका छोरा श्यामबाबु साह र नाम खुल्न नसकेका अर्का एक व्यक्ति समेत संलग्न रहेको खुल्न आएको संयोजक महतोले बताउनुभयो । श्रीमतीको केही वर्षअघि मृत्यु भएपछि ती बृद्ध छोरा बुहारी र नातिनातिनासँग बस्दै आएका थिए । युवतीलाई घर पु¥याइसकेपछि अभिभावकलाई साथमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइने प्रहरी निरीक्षक यादवको भनाई छ ।

Category:

0 comments