Hindi Films

जीपले साइकललाई ठक्कर दाजुभाइको मृत्यु

Unknown | 08:12 | 0 comments

२७ भदौ, पथरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरेमा आज बिहान जीपको ठक्करबाट साइकलमा सवार दाजुभाईको ज्यान गएको छ । ना. २ च १२९८ नम्बरको जीपले साइकललाई ठक्कर दिन्दा साइकलमा सवार पथरी शनिश्चरे नगरपालिका १ का ६५ वर्षिय रुद्र बहादुर गुरुङ र उनका ५३ वर्षिय भाइ मनकुमार गुरुङको मृत्यु भएको हो । बिहान साढे ६ बजेतिर पथरी शनिश्चरे ३ जरायोचोकमा उनीहरु सवार साइकललाई जीपले ठक्कर दिएको थियो । जीपको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । जीप र चालक बेलबारी ८ का ३० वर्षिय अशोक राईलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

Category:

0 comments