Hindi Films

अञ्जु पन्तलाई हातपात नगर्न आङकाजी शेर्पाको चेतावनी

Unknown | 09:20 | 0 comments

काठमाडौं, २५ भदौ । । जातीवादी नेता आङकाजी शेर्पाले गायिका अन्जु पन्तमाथि हातपात नगर्न कडा चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो चेतावनी दिएका हुन् । हिन्दु धर्मालम्बीका देवीदेवताका गीत गाउन नमानेका कारण सर्वत्र विरोध खेपिरहेकी अन्जुको रक्षाका लागि ‘७० प्रतिशत बुदिष्ट, मुस्लिम, क्रिस्चियन, शिखका लाखौ हात उठने’ उनको चेतावनी छ । उनले आफ्नो स्टाटसमा हिन्दुवादीहरुलाई ‘ज्ञानेन्द्रको भत्ता खाने अतिहिन्दुवादी आतंकावादी गुण्डा’को आक्षेप समेत लगाएका छन् । आङकाजीले ‘अतिहिन्दुवादी’ले अहिलेसम्म गरेका ‘कुकर्म’हरु भन्दै यस्ता गम्भीर आरोप समेत लगाएका छन् : - अन्जु पन्तलाई हिन्दु भजन गाउन बाध्य बनाउने - उपराष्ट्रपतिलाई खस भाषामा शपथ गराउन बाध्य बनाउने -विद्यालयमा आदिवासी विद्यार्थीहरुलाई हिन्दुधर्मका चाड पर्वबारे लेखिएको पुस्तक पढन बाध्य बनाउने - आदिवासी जनजातिको भाषालाई राष्ट्रिय तथा सरकारी कामकाजको भाषाको मान्यता नदिन सर्वोच्च अदालतलाई बाध्य बनाउने - बाहुन पुजारीको हातबाट नेपाली सेनामा कार्यरत किराती, तामाङ, मगर, गुरुङ र शेपालाई दशैको टिका थाप्न बाध्य बनाउने - सेना, प्रहरी, कर्मचारी, शिक्षक लगाएर आदिवासी जनजातिको गाउँमा हिन्दुको मन्दिर बनाएर उनीहरुलाई पूजा गर्न बाध्य बनाउने -हिन्दुको चाडपर्व सैनिक मञ्चमा गर्ने लोसार, उद्यौली उभौली, जितिय, छठ र महपूजा टुडिखेल खुल्ला मञ्चमा गर्न बाध्य बनाउने - अतिहिन्दुवादी आतंकलाई स्वीकर्दैनौ – स्वीकर्दैनौ - धर्मनिरपेक्षताका रक्षका लागि बलिदानी दिन हामी तयार छौ – तयार छौ -हेक्का रहोस ! अतिहिन्दुवादी आतंकावादी गुण्डाहरु !

Category:

0 comments