Home �
CelebrityNews And Gossips
,
News
� ८१ हजार अमेरिकी डलर को चुम्वन , को हुन् त्यत्रो रकम तिर्ने ..?
Unknown |
09:36 |
0
comments
एजेन्सी ,
हलिउड अभिनेत्री तथा मोडल एलिजाबेथ हर्ली उर्फ लिज हर्लीको एक चुम्बनको लागी ८१ हजार अमेरिकी डलर तिरेका छन् ।उक्त चुम्वन किन्नका लागि क्यानडामा बस्ने भारतीय मूलका उद्योगपती जुलिउन भारतीले ८१ हजार अमेरिकी डलर अर्थात करिब ७८ लाख नेपाली रुपैयाँ खर्च गरेका छन् । यो चुम्बन सर एल्टन जोनको एड्स फाउन्डेशनका लागि च्यारिटी जुटाउनका लागि गरिएको एउटा कार्यक्रमका थियो ।
जुलियन भारती तीनजना बच्चाहरुको बुवा हुन् । उनको भनाई अनुसार उक्त चुम्बनका लागि उनले आफ्नी श्रीमतीबाटै अनुमती पाएका थिए । एलिजाबेथ हर्लीको नाम अष्ट्रेलियाको पूर्व क्रिकेटर शेन वानसँग जोडिएको थियो । यद्यपी उनीहरु अहिले छुटिसकेका छन् । शेनभन्दा पहिले लिज अभिनेता ह्यू ग्रान्टसँग पनि खुबै नजिक भएको चर्चा चलेको थियो । उनले भारतीय मूलका उद्योगपति अरुण नैयरसँग सन् २००७ मा विवाह गरेकी थिइन् तर पछि मनभेदका कारण उनीहरुले सन् २०१० मा नै सम्बन्धबिच्छेद गरेका थिए ।
Category:
CelebrityNews And Gossips,
News
0 comments