Hindi Films

महिलालाई जबर्जस्ती बिहे गराइदिने छ जना पक्राउ

Unknown | 02:53 | 0 comments

रत्ननगर (चितवन) : पूर्वी चितवनको पदमपुर–८ दुईसय विगाहकी एक महिलालाई जबर्जस्ती विवाह गराइदिएको आरोपमा चितवन प्रहरीले छजनालाई पक्राउ गरेको छ। आफ्नो घर आएका भदैनी ज्वार्इंसँग अनैतिक कार्य गरेको अरोप लगाई स्थानीयले एकल महिलासमेत रहेकी ती महिलालाई जबर्जस्ती बिहे गराइदिएको स्थानीयले आरोप लगाएका छन्। इलाका प्रहरी कार्यालय रत्ननगरले घटनाका आरोपीमध्ये छ जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको आज जानकारी दिएको छ । घटनामा किटानी जाहेरी परेका १७ जनामध्ये प्रविता गोले, बुद्धिमाया विक, सरस्वती ब्लोन, वीरबहादुर सिंतान, पदमबहादुर तामाङ, ऋषिराम मरहट्ठालाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले विवाह गरेको कागज बनाई हस्ताक्षर गरेका छन् । अन्य किटानी जाहेरी परेकाहरुको खोजीकार्य भइरहेको समेत प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा महिला अधिकारकर्मीहरुले हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन् ।

Category:

0 comments