Home �
News
� इराकमा आईएसविरुद्ध लड्दै कुर्द महिला!
Unknown |
02:44 |
0
comments
आईएसविरुद्ध लड्दै कुर्द महिला
मिति : २०७१ भदौ, २४ मंगलबार
इस्लामिक स्टेट (आईएस) ले इराक र सिरियामा उत्पात मचाइरहेको छ। इराकमा आईएस लडाकुलाई कुर्द सुरक्षाबलले रोकिरहेको छ। आईएस लडाकु केही आत्तिएका देखिन्छन्। अमेरिकाले हवाई

आक्रमण सुरु गरेपछि मात्र कुर्द सुरक्षाबलले सफलता पाउन सकेको हो।
तर, फरात (तिगरिस) नदीको अर्को पार सिरियामा कुर्द सुरक्षा बलले बाहिरको सहयोगविना नै आईएससँग लडाइँ लडिरहेको छ। अमेरिकालगायतका मुलुकको सहयोग नलिई पनि कुर्द सुरक्षाबल बलियो देखिएको छ। आईएसविरुद्धको यस लडाइँमा कुर्द महिलाले पुरुषसँग हातमा हात मिलाएर मोर्चा सम्हालिरहेका छन्।
महिलाको शक्तिले नै त्यहाँ काम गरिरहेको देखिन्छ। सिरियाली कुर्द बलमा एकतिहाई महिला छन्। आईएस र कुर्द बलको नियन्त्रण भएको क्षेत्रलाई जोड्ने जेजाको पहाडी तथा मरुभूमि क्षेत्रमा आईएस र सिरियाली कुर्द 'पिपुल्स प्रोटेक्सन युनिट' (वाईपीजी) बीच सधैंजसो लडाइँ भइरहेको छ।
वाईपीजी कुर्दिस्तान वर्कर्स पार्टीको शाखा हो। आईएसलाई अमेरिका र युरोपेली संघले आतंककारी संगठन घोषणा गरिसकेको छ। कुर्द महिला लडाकु डेरेन भन्छिन्, 'महिला सबैभन्दा बहादुर योद्धा हुन्। उनी भर्खर १९ वर्षमा टेकेकी छन्। डेरेनजस्तै अधिकांश कुर्द महिला किशोर अवस्थाका छन्।
उनी भन्छिन्, 'हामी डर लाग्दैन। हामी अन्तिम साससम्म आईएसविरुद्ध लड्नेछौं। उनीहरूलाई हाम्रो सहर नियन्त्रणमा लिन दिँदैनौं।' इस्लामिक स्टेटका समर्थकजस्तै अधिकांश कुर्द पनि सुन्नी मुसलमान हुन्। कुर्द लडाकु उत्तरी सिरियामा निकै बलियो बन्दै गएको छ।
इराक र पूर्वी सिरियामा आईएसले नरसंहार मचाएको आरोप पश्चिमा अधिकारीहरूको छ। उक्त हिंसाका कारण इराकमा दस लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अमेरिकाले गत महिना आईएसलाई अघि बढ्न रोक्न तथा अल्पसंख्यकको सुरक्षाका लागि इराकमा एक सय २० वटा हवाई आक्रमण गरेको थियो।
हालै अमेरिकी लडाकु विमानले इस्लामिक स्टेट (आईएस) लडाकुलाई लक्षित गरी पश्चिमी इराकको हदिथा बाँधनजिक हवाई आक्रमण गरेको छ। सुरक्षा अधिकारीका अनुसार इराकी तथा कुर्द सुरक्षाबललाई सहयोग गर्न हवाईआक्रमण गरिएको हो।
आईएस लडाकुले बाँधहरू कब्जा गरेर बसेका छन्। बाँधको सुरक्षामा लडाकुले चुनौती दिएको हुनाले हवाई आक्रमण आवश्यक रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता रेआर एडमिराल जोन किर्बीले बताए। आईएस लडाकुले मोसुल र फलुजा बाँध पहिल्यै कब्जा गरिसकेका छन्। -एजेन्सी
 |
Category:
News
0 comments