Hindi Films

आफ्नो श्रीमतीसँग अवैध सम्वन्ध राखेको भन्दै हत्या

Unknown | 07:15 | 0 comments

२७ भदौ, काठमाडौं । काठमाडौं गोकर्णेश्वरका कृष्ण श्रेष्ठले आफ्नो कान्छी श्रीमतीसँग अवैध सम्वन्ध राखेको भन्दै एक व्यक्तिको हत्या गरेका छन् । उनले मकवानपुर-८ कमाने घर भइ गोकर्णेश्वर बस्ने ५० वर्षका मिनबहादुर लोप्चनको हत्या गरेका हुन् । ६० वर्षका कान्छाले लाठी र धारिलो हतियारलेे प्रहार गरी हत्या गरेको देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । प्ररम्भीक अनुसन्धानका क्रममा कान्छाकी कान्छी श्रीमती र लोप्चनबीचको अवैध सम्वन्धका कारण हत्या भएको देखिएको छ । कान्छालाई प्रहरीले गोकर्णबाट पक्राउ गरेको छ ।

Category:

0 comments