Home �
News
� मलेसियाबाट नेपाली कामदारलाई १ करोड १२ लाख क्षतिपूर्ति
Unknown |
06:59 |
0
comments
२७ भदौं,काठमाडौं । मलेसियामा बस दुर्घटनामा परी घाइते पर्वत बाजुङका प्रेमबहादुर रेग्मीले १ करोड १२ लाख क्षतिपूर्ति पाएका छन् । सन् २०१० जुलाईमा मलेसिया पुगेका रेग्मी जेसिवाई एचडीडी कम्पनीमा आउटसोर्स कामदारको रूपमा कार्यरत थिए। सन् २०१२ जुलाईई १२ मा काम सकेर होस्टल फर्कने बेला दुर्घटना भएको थियो। रेग्मीको दाहिने खुट्टा काटिएको छ।
दुर्घटनाको दुई वर्षपछि बस कम्पनीसँगको कानुनी लडाइँ जितेपछि रेग्मीले क्षतिपूर्ति पाएका हुन्। उनले मलेसियाको बिमा कम्पनीबाट ५ लाख १० हजार १ सय ५० र बस कम्पनीसँग १ करोड ६ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति पाएका हुन्।
बिमा कम्पनीबाट विदेशी कामदार क्षतिपूर्ति योजना अन्तर्गत रकम पाएका हुन्। बस कम्पनीले क्षतिपूर्ति समयमा नदिउपछि थप पाँज हजार रिंगेट हर्जना तिरेको छ। दुर्घटनापछि रेग्मी कार्यरत कम्पनी र मलेसियामा कार्यरत नेपालीले दायर गरेको मुद्दामा जोहोरबारू अदालतले क्षतिपूर्तिको फैसला गरेको आजको नागरिक दैनिकमा खबर छ।
Category:
News
0 comments