Home �
News
� अब बजारमा आयो पखेटा भएको कण्डम
Unknown |
03:00 |
0
comments
एक डच आविष्कारले अब कण्डलाई झन सजिलो बनाएका छन् । उनको यस्तो डिजाईनको लाग यस बर्ष २०१४ मा आईएफ गोल्ड अवार्डले सम्मान पनि गरिएको थियो । विंगमेन नामक उक्त कण्डममा पखेटा पनि हालिएको छ, जसको मद्दतले तपाई एक हातले पनि कण्डम लगाउन सक्नु हुनेछ। उनको यस्तो कामलाई सम्मान गरेर आईएफ गोल्ड अवार्ड समेत दिईएको थियो, जब कि यो अवार्ड यस भन्दा पहिले नोकिया, एप्पल जस्ता ठुला कम्पनिहरुले पाएका थिए ।
सेक्सको बेला कण्डम राम्रोसंग लगाउँनु कुनै चुनौतीपूर्ण काम भन्दा कम छैन । जस्तो कण्डम लगाउँने बेलामा हावा छिर्न नदिनु,नङसंग बचाउनु र सहि ढंग संग लगाउँनु । विंग मेन ब्राण्डको कण्डममा २ वटा सानो पखेटा पनि हालिएको छ । यस्ले गर्दा कण्डम लगाउन र खोल्न सजिलो हुनेछ । यो कण्डमलाई एक हातले पनि लगाउँन सकिने छ र यो कण्डम अध्यारोमा पनि देखिनेछ । जसले गर्दा लगाउँन र खोल्न कुनै समस्या हुनै छैन ।
उक्त कण्डम फ्रान्स,जर्मनी, निदरलेण्ड ,बेल्जियम लगायत देश सहित यूरोप भरी उपलब्ध छ । १२ वटा कण्डम भएको १ प्याकेटको करिब १३ सय नेपाली रुपयाँ पर्दछ । source : businesssansar
Category:
News
0 comments