Hindi Films

कोही मानिसहरु किन अत्यधिक झुटो बोल्छन ? थाहा पाउनुहोस्

Unknown | 03:12 | 0 comments

कोही मानिसहरुको घाँटीमा किन झटो कुराहरु मात्र अड्किएको हुन्छ जबकि कोही मानिसहरु साँचो कुराको लागि सबै कुरा त्याग्न तयार हुन्छन् ? एक नयाँ अध्ययनका अनुसार, यसको सम्बन्ध मस्तिष्कको एक भागसँग हुने गर्दछ । अनुसन्धानका अनुसार, संज्ञानात्मक नियन्त्रणका लागि उत्तरदायी मस्तिष्कको एक प्रमुख भाग डार्सो लेटरल प्रि–फ्रन्टल कार्टेक्सले इमान्दार व्यवहारको मुख्य भूमिका निभाउने गर्दछ । अमेरिकाको भर्जिनिया टेक कारिलियन रिसर्च इन्स्टिच्युटका पोस्ट डाइरेक्टल सहयोगी र अध्ययनका मुख्य लेखक लुसा झुले भने, ‘औसतमा मानिसहरु झुटो कुरालाई घृणा गर्ने गर्दछन् ।’ अध्ययनका अनुसार, डर्सो लेटरल प्रि–फ्रन्टल कार्टेक्समा आघात पुगेका मानिसहरुलाई अरु व्यक्तिलाई जस्तो झुटो कुरासँग घृणा हुँदैन । यस्ता व्यक्तिहरु नै झुटो बोल्ने गर्दछन् र उनीहरुको यो बानीले उनीहरुको छविलाई कस्तो प्रभाव पार्छ भन्ने कुराको चिन्ता पनि नहुने बताइएको छ । डर्सो लेटरल प्रि–फ्रन्टल कार्टेक्स भएका स्वस्थ मानिसहरु र डर्सो लेटरल प्री फ्रन्टल कार्टेक्समा आघात पुगेका मानिसहरुको निर्णयको तुलनात्मक अध्ययन पछि यो निष्कर्ष निकालिएको हो । उक्त अध्ययनलाई पत्रिका ‘नेचर न्यूरोसाइन्स’ मा प्रकाशित गरिएको छ । (एजेन्सी)

Category:

0 comments