Hindi Films

ईबोला तीब्र रुपमा फैलिदै (सावधान रहनुहोला)

Unknown | 01:32 | 0 comments

भदौं २४, एजेन्सी । विश्व महामारी इबोला संक्रमण तीब्र रुपमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विशेषगरी लाईबेरियामा इबोला संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ । लाईबेरियामा इबोला संक्रमितको उपचारका लागि कम्तिमा १ हजार शैय्या आवश्यक भएपनि हाल २ सय ४० शैय्याको मात्रै व्यवस्था गरिएको छ । जसका कारण उपचारका लागि अस्पताल पुग्ने बिरामीहरु घर फर्कने क्रम बढ्दो छ । इबोला संक्रमणको संवेदनशीलता नबुझ्दा घर फर्किएका संक्रमितबाट अन्यमा समेत यो भाइरस सर्ने गरेको संगठनले जनाएको छ । प्रभावित मुलुकहरुमा उपनाइएको उपचार पद्धती पनि प्रभावकारी हुन सकेको छैन । इबोलाको संक्रमणबाट पश्चिम अफ्रिकाका गिनि, लाइबेरिया, सियरा लियोन र नाइजेरियामा गरी २ हजार १ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

Category:

0 comments