Home �
News
� फेसबुकमा दिन काट्दै पारस, दिनमै २७ भन्दा बढी पोष्ट
Unknown |
08:29 |
0
comments
|
 |

२४ भदौं, काठमाडौं ।
थाइल्यान्डमा बस्दै आएका पूर्वयुवराज पारस शाह पछिल्ला केही दिनमा फेसबुकमा निकै समय बिताउन थालेका छन् । स्टाटस अपडेट गर्ने,फोटो–भिडियो अपलोड गर्ने मात्र नभएर कमेन्टहरुको जवाफ दिनसमेत पछि परेका छैनन् ।
शनिबार उनले एकैदिन २७ वटा पोष्ट गरेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । पारस शाहको नाममा रहेको उनको एकाउन्टमा झन्डै चार हजार साथीहरु छन् । थुप्रैल कमेन्टमा उनलाई सरकार भनेर सम्बोधन गरेको देखिन्छ । प्रायः कमेन्टहरुमा पारसलाई नेपाल आउन र देश सेवामा लाग्न आग्रह गरिएको छ । कमेन्टको जवाफ दिँदै पारसले अर्को महिना नेपाल आउने उल्लेख गरेका छन् ।
पारसको वालमा शिशिर तिवारी लेख्छन्,‘सरकार मेरो अन्तिम स्वास रहुन्जेल हजुरको सेवक बनी हरदम साथमा रहनेछु । स्वयंलाई एक्लो नवनाइबक्सोस् । नेपाली जनता राजपरिवारको साथमा छन् ।’ रोशन बास्तोलाले लेखेका छन्,‘मानिस जन्मले भन्दा आफ्नो कर्मले परिणाम भोग्छ ।
जीवन सत्मार्गमा अघि बढाए मात्र सार्थक हुन्छ । आफुले विराएको छैन भने डराउनु पर्दैन । तर आफ्नो चाकडी गर्नेहरुको घेराबाट माथि उठेर रचनात्मक मार्गदर्शन गर्ने आफ्नो परिवार,अभिभावक र निर्धक्क स्वार्थरहित सल्लाह दिने शुभचिन्तकलाई पहिचान गरी जीवनलाई उर्जा दिन सकेमात्र जीवनको सौन्दर्य पाप्त हुन्छ ।
|
 |
Category:
News
0 comments