Hindi Films

ग्राहकको १ लाख चोरेको आरोपमा ‘यौनकर्मी’ महिला पक्राउ

Unknown | 11:07 | 0 comments

२५ भदौ, धनकुटा । एक लाख रुपैयाँ चोरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । उनी कलगर्ल भएको र उनले ग्राहकको १ लाख चोरेको आरोप छ । गुल्मी माईतीघर भएकी वर्ष २७ की आफूलाई सीता बताउने महिलालार्इ पक्राउ गरिएको धनकुटा प्रहरीले जनाएको छ । उनको साथबाट ९७ हजार रुपैयाँ बरामद भएको छ । उनले होटलमा सँगै बसेको बेलामा धनकुटा नगरपालिका-५ का दिलवहादुर लिम्वुको १ लाख रुपैयाँ चोरेको आरोप छ । लिम्बुका अनुसार रक्सीले मातेको बेलामा मध्यराति उनीसँग रहेको २ लाख रुपैयाँ मध्ये एक लाख रुपैयाँ निकालेर सीता वेपत्ता भएकी थिइन् । लिम्वुको उजुरीको आधारमा बुधबार उनकै डेरावाट पक्राउ गरिएको थियो । उनलाई अवैध यौन धन्दा र ठगी गरेको आरोप मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनी धनकुटा वजारको विभिन्न होटलमा कलगर्लको रुपमा यौनधन्दामा संलग्न हुँदै आएको प्रहरी दावी छ ।

Category:

0 comments