Hindi Films

नेपाली युवती हावर्ड अनलाइन भोटिङको शीर्ष पाँचमा

Unknown | 09:45 | 0 comments

जितेमा सार्वजनिक गाडीमा यौन सास्तीविरुद्द अभियान चलाउने २५ भदौ, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने महिलामाथि हुने यौन हिंसाविरुद्ध अभियान चलाइरहेकी एक नेपाली युवती विश्वकै ख्यातीप्राप्त हार्वर्ड विश्वविद्यालयको अनलाइन मतदानमा शीर्ष पाँच स्थानमा पुगेकी छन् । २३ बर्षीया नेपाली नर्स सुमना दवाडी अमेरिकाको हार्वड विश्वविद्यालयले विश्वभरका युवा स्वयंसेवीहरुमध्ये अनलाइन मतदानबाट विजयी छनौट गरिने एउटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पाँचौं स्थानमा पुगिकी हुन् । उनले यो प्रतियोगिताबाट विजयी भएमा हार्वड विश्वविद्यालयको सहयोगमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा हुने यौन उत्पिडन र दुब्र्यबहारका विरुद्ध अभियान चलाउने बताएकी छन् । सार्वजनिक सवारीमा यात्रा गर्दा आफैंले भोग्नुपरको यौन सास्ती र दुव्र्यवहारपछि उनले यसविरुद्ध अभियान चलाएकी हुन् । यो अन्तर्राष्ट्रिय प्रतियोगितामा जित्नका लागि बुधवार भोटिङको अन्तिम दिन रहेको हावर्ड विश्वविद्यालयले जनाएको छ ।

Category:

0 comments