Hindi Films

भट्टीमा रोटी पोल्छन् चित्रबहादुर केसीका छोरा

Unknown | 23:02 | 0 comments

२३ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सभासद चित्रबहादुर केसीका छोरा जेठा सचित्र केसी सिंहरबार छेऊको 
अनामनगरस्थित एक तन्दुरीमा रोटी पोल्ने काम गर्छन् ।

नेताका छोराछोरीहरुले पिताको पद र प्रतिष्ठाको दुरुपयोग गर्दै विदेशमा पढ्न जाने र मालदार ठाउँमा जागिर खाने कार्य गरिरहेका बेला 

केसी पुत्रले भने आफ्नै श्रममा बाँच्ने तर, बुबाको प्रतिष्ठामाथि असर नपुर्‍याउने स्वाभिमानी बाटो समातेको नयाँ पत्रिका दैनिकले 

आफ्नो मध्यपृष्ठमा समाचार छापेको छ ।

‘म बुबाको नाम गलत कामका लागि लिँदै लिन्न, सचित्रले भनेका छन्-‘बुबाको सोर्स फोर्समा दलाली गरेर खान मन छैन, त्यो भन्दा रोटी पोलेर खानमा धेरै मज्जा छ । गर्व छ ।’

पत्रकार नेत्र पन्थीले नयाँ पत्रिकामा लेखेको विवरणअनुसार सचित्रले यसअघि कोरियामा गएर बंगुरको खोरमा काम गरेका थिए । ‘यता 

छोरो कोरिया पठायो भनेर बुबाको आलोचना भएछ । बुबाले भन्नुभएछ, मेरा छोरा डाक्टर इञ्जिनियर पढ्न गएका होइनन् ।’
-

Category:

0 comments