Home �
News
� आजको दुनियामा हेर्नुहोस् GOOGLE ले के के गर्दै छ अनि के गरिरहेको छ ?
Unknown |
02:18 |
0
comments
googleगुगल एक सर्च इन्जिन मात्र नभई यसमा यस्ता थुप्रै प्रोजेक्टहरु छन् जसमा गुगलले काम गरिरहेको छ र यहि प्रोजेक्टहरुले नै आउँदा दिनहरुमा मानव संसार नै बदल्ने ताकत राखेको छ ।

यद्यपी यी प्रोजेक्टहरुको काम अगाडि बढिरहेको छ जसका लागि गुगलले करोडौँ रुपैयाँ पानीसरह बगाइरहेको छ । आज हामी तपाईंहरुलाई यस्तै प्रोजेक्टहरुको बारेमा जानकारी दिँदैछौ जसले आउँदा दिनमा संसारलाई नै बदल्नेछ ।
१. गुगल ड्राइभरलेस कारः
गुगललको ड्राइभरलेस कार आउँदा दिनहरुमा ट्राफिकबाट छुटकारा पाउनका लागि सबैभन्दा राम्रो उपाय सबित हुनेछ । यो प्रोजेक्ट अन्तर्गत बनाइँदै गरिएको कार ड्राइभरबिना नै सडकमा गुड्नेछन् ।
२. होवर बोर्डः
गुगल एक्स अन्तर्गत यस्ता थुप्रै प्रोजेक्टहरु क्रियाशिल भइरहेका छन् जसमध्ये होवर बोर्ड पनि एक हो । यो वोर्डको सहायताले चुम्बकीय क्षेत्रमार्फत हावामा उड्न सकिनेछ तर यो प्रोजेक्टद्वारा बनाइएको होवर बोर्डको लागत यति अधिक छ कि यसलाई बजारमा लञ्च गर्नका लागि कुनै पनि कम्पनीको सामथ्र्य छैन ।
३. एरियल बाइकः
गुगलका सिइओ लेरी पेजले टेड टकको क्रममा उपस्थित मानिसहरुसँग उनको एउटा एरियल बाइक बनाउने धोको रहेको कुरा बताएका थिए । उनले भनेजस्तो एरियल बाइक बनिरहेको खबर भने सञ्चार माध्यममा सुन्न पाइएको छैन ।
४. गुगल ग्लासः
गुगल ग्लासले इन्टरनेटलाई एक प्रकारले यस्तो नजिक बनाइदिएको छ कि आँखा झिम्काएको भरमा यसमा सर्च गर्न सकिनेछ । भर्जिन एटलान्टिक एयरलाइन्स पेसेन्जर चेकिङका लागि गुगल ग्लासमाथि परिक्षण पनि भइरहेको छ ।
५. कन्ट्याक्ट लेन्सः
यो कन्ट्याक्ट लेन्सले तपाईंको शरिरमा ग्लुकोजको मात्रामा नजर राख्नेछ र यसका साथसाथै यसमा एउटा माइक्रो क्यामरा पनि लगाइएको छ ।
७. प्रोजेक्ट लूनः
प्रोजेक्ट लून गुगलका ती प्रोजेक्टहरुमध्येको एक हो जसमा गुगलले दुनियाँका धेरैभन्दा धेरै इन्टरनेटसँग जोड्ने कोसिस गरिरहेको छ । (एजेन्सी)
|
 |
Category:
News
0 comments