Hindi Films

पूर्वगोर्खा सैनिकले रोकिएको सुविधा पाउने

Unknown | 06:05 | 0 comments

२०७१ आस्विन २८ मंगलवार पोखरा : पेन्सनपट्टा र नागरिकतामा विवरण फरक परेपछि पिडा भोग्दै पूर्व गोर्खा सैनिकले प्रमुख जिल्ला अधिकारीको सिफारिसमा रोकिएको सुबिधा अब सहजै पाउने भएका छन्।
पेन्सनपट्टा अनुसार नागरिकता प्रमाणपत्र माग्दै आन्दोलनमा उत्रिएका नेपाली भारतीय गोर्खा भूतपूर्व सैनिक संघर्ष समितिले गरेको मंगलबार गरेको बृहत भेलामै पुगेर पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले प्रजिअको सिफारिसमा रोकिएको सेवा पाउने जानकारी गराएका हुन्। भारतीय पेन्सन क्याम्पका प्रतिनिधि र प्रजिअसहित बसेको बैठकले सिफारिस पत्रलाई आधार मानेर रोकिएको पेन्सन र अन्य सेवासुबिधा दिने निर्णय गरेको उनले जानकारी दिए। 'मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन गोर्खा सैनिकले दिएको योगदान अमूल्य छ। त्यसैले राष्ट्रले उहाँहरु माथि गौरब र सम्मान गर्छ,' क्षेत्रीय प्रशासक थपलियाले भने, 'बिगतका कमी कमजोरीले पारिवारिक बिबरणमा केही समस्या देखा परेका छन्। पेन्सनपट्टा र नागरिकतामा बिबरण फरक भएपनि प्रजिअले गरेको सिफारिसलाई आधार मानेर भारतीय पेन्सन क्याम्पले सेवा सुबिधा दिने सहमति भइसकेको छ।'दुई पक्षबीच भएको सहमतिलाई भारतीय पेन्सन क्याम्पले अवज्ञा गर्न नपाउने उनले बताए। केही समयअघि भएको भारत र नेपालका परराष्ट्रमन्त्रीबीचको संयुक्त बैठकले त्यो समस्या समाधान गर्ने सहमति गरेको उनले बताए। कागजपत्रमा बिबरण फरक परेर उनीहरूले भोग्दै आएका समस्याको दिगो समाधान गर्न गृहमन्त्रालयमा प्रस्ताब लैजाने प्रतिबद्धता पनि थपलियाले व्यक्त गरे। भेलामा उपप्रधान तथा गृहमन्त्री बामदेब गौतम आफैं सहभागी भएर उनीहरूका पिडा सुन्दै ज्ञापनपत्र बुझ्ने कार्यक्रम तय भएको थियो। तर गौतम आउन नसकेपछि थपलिया भेलामा गएर ज्ञापन पत्र बुझेका थिए। भारत सरकारले दिएको पेन्सनपट्टा र यहाँ लिएको नागरिकतामा नाम,थर, जात र जन्ममिति फरक परेपछि १३ हजार नेपाली भारतीय गोर्खा भूतपूर्व सैनिकले पेन्सन र तोकिएको सेवासुबिधा उपयोग गर्न अनेकौ पीडा भोग्दै आएका थिए। प्रजिअले 'फलानो भन्ने व्यक्ति एउटै हो' भनेर दिने सिफारिस अस्थायी समाधान मात्रै भएको नेपाली भारतीय पूर्व गोर्खा सैनिक संघर्ष समितिका अध्यक्ष क्याप्टेन बुद्धिबहादुर गुरुङले बताए। 'प्रजिअले सिफारिस दिएर रोकिएको पेन्सन र तोकिएको सेवासुबिधा पाउनु सकारात्मक कुरा हो। अनि त्यो हाम्रो समस्याको अस्थायी समाधान मात्रै देखिन्छ,' उनले भने 'हामीलाई अस्थायी मात्रै होइन। हाम्रो चल अचल सम्पत्ति र बंशज कायम हुने गरी पेन्सनपट्टा अनुसार नागरिकता दिनुप:यो। त्यो हाम्रो समस्याको दिगो समाधान हो।'

Category:

0 comments