Hindi Films

नेपाल कस्तो छ?तेल चोरहरु सम्मानित हुदै इज्जतका साथ् हिड्छन!!

Unknown | 05:52 | 0 comments

२०७१ आस्विन २८ मंगलवार
रूपन्देही : नेपाल आयल निगम भलबारी डिपोको पेट्रोलियम पदार्थ (तेल) चोरी प्रकरणका अभियुक्त चोपनारायण श्रेष्ठ, बालकृष्ण गैरेलगायतका व्यावसायी करिब ६ महिना लामो भूमिगत जीवनपछि हाल सार्वजनिक भई व्यावसायिक जगत्मा पुन: प्रतिष्ठित भएका छन्। उनीहरूलाई यहाँका व्यावसायिक संघसंस्थाले आफ्ना कार्यक्रममा स्थानीय वरिष्ठ प्रशासक र राजनीतिक नेताहरूसँगै अतिथि बनाएर सम्मान र प्रतिष्ठा दिन थालेका छन्। यस कार्यमा स्थानीय प्रशासक र नेताको समेत समर्थन छ। श्रेष्ठसहित ९७ जना पेट्रोलियम व्यावसायी, निगमका कर्मचारी र मजदुरमाथि चोरी, कालोबजारी, अख्तियार दुरु पयोग र सम्पत्ति शुद्धीकरणसम्बन्धी पाँचवटा मुद्दा सरकारी निकायमा चलिरहेका छन्। बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको सोमबार आयोजित ६१औं वार्षिक साधारणसभामा श्रेष्ठलाई नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यको हैसियतमा समारोहमा अतिथिको रूपमा आसनग्रहण गराई सम्मान गरियो। कार्यक्रममा गैरे पनि उपस्थित थिए। कार्यक्रममा अतिथिको रूपमा पूर्वमन्त्री एवं कांग्रेसका सदस्य बालकृष्ण खाँड, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलगायतका औपचारिक र अनौपचारिक क्षेत्रका वरिष्ठ पदाधिकारीलाई पनि श्रेष्ठसँगै राखेर सम्मान गरिएको थियो । यसअघि गत असोज ६ गते बडादसैंको अवसर पारेर बुटवलमा प्रधान कार्यालय भएको पश्चिम नेपाल बस व्यावसायी संघले पनि एक समारोह आयोजना गरी श्रेष्ठलाई सम्मान गरेको थियो। श्रेष्ठ संघका पूर्वअध्यक्ष हुन्। लुम्बिनी अञ्चल प्रहरी कार्यालयका तत्कालीन वरिष्ठ उपरक्षिक (हाल डआिइृजीमा बढुवा) मिङमार लामाको बिदाइ र रूपन्देही जिल्ला प्रहरी कार्यालयमा नवआगन्तुक उपरीक्षक राजेन्द्र ढकालको स्वागत समारोह नाम दिएर आयोजित कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, एसएसपी लामा र एसपी ढकालको पनि सहभागिता थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका कर्मचारी र श्रेष्ठसहितका व्यावसायीमाथि हालै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Category:

0 comments