Hindi Films

तपाइँसंग पैसा कति छ? सभासद बन्ने होइन?(सभासद् बनाउन पैसाको लेनदेन नमिलेपछि विश्वेन्द्रविरुद्ध अपहरण मुद्दा)

Unknown | 06:12 | 0 comments

October 14, 2014
काठमाडौं, असोज २८ – सभासद चयनमा भएको आर्थिक चलखेल नमिलेपछि दुई सभासद् एक अर्कालाई फसाउन लागी परेका छन् । हुँदाहुँदा यतिबेला आर्थिक लेनदेनको मुद्दा प्रहरीसम्म पुगेको छ । दोस्रो संविधान सभाको निर्वाचनपछि समानुपातिक तर्फ २ जनाको सभासद कोटा पाएको तत्कालीन दलित जनजाती पार्टीका अध्यक्ष तथा हाल बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानविरुद्ध सभासद् यशोदा कुमारी लामाले अपहरणको उजुरी हालेपछि धेरै पूरानो अर्थिक लेनदेनको मुद्दा छताछुल्ल भएको छ । यतिबेला अपहरण गरेको भन्दै लामाले आफ्नै भतिजो कृष्णबहादुर तामाङलाई उजुरी गर्न लगाएकी छिन् । प्रहरी स्रोतका अनुसार कुनै प्रमाण विना पासवान विरुद्ध उजुरी परेको छ । ‘अपहरण गरेको भन्ने कुनै प्रमाण भेटिन्न ।’ स्रोत भन्छ, ‘राजनीतिक उद्देश्यबाट यो मुद्दा आएको हो ।’ लामा र पासवानबीचमा लामाले ३ करोड रुपैंया दिने सहमति भएपछि पासवानले समानुपातीक सभासदमा चयन गरेका थिए । सभासद् सिफारीस हुँदा मंसीर मै लामाले ५० लाख पासवानलाई बुझाएकी थिइन् । स्रोतका अनुसार पासवानले पैसा नपुगेको भन्दै लामालाई सम्झौता अनुसारको रकम दिन दबाब दिदै आएका थिए । दबाब पछि लामाले पार्टी नै फुटाएकी थिइन् । उता, पासवानले मंसिरदेखि चैत्रसम्मको लामाको नाममा आउने सभासद् तलब भत्ता आफ्नो खातामा हालेपछि लामाले सभामुख सामु निवेदन दिएकी थिइन् । संविधान सभाले बैशाखबाट लामाले आफ्नो खातामा रकम पार्न सफल भएकी थिइन् । हनुमान ढोकामा पुगेका सभासद लामाकी भतिजोले कुनै प्रमाण विनै ‘मलाई पाशवानले अपहरण गरेको’ भन्दै उजुरी दिन गएका थिए । प्रहरीले अपहरण गरेको कुनै प्रमाण नभेटेपछि उनले सभासद लामाको सहयोग लिनु परेको थियो । एएसपी पुष्कर कार्कीलाई ‘तुरुन्त मानव बन्धक तथा अपहरणको मुद्दा दर्ता गर्नु ’ भनेर सभासदले नै भनेपछि कार्की समेत अफ्ट्यारोमा परेका थिए । उजुरीमा जीमी लामा, सकुन शेरचन र विशेन्द्र पासवान विरुद्ध उजुरी दिएका छन् । उजुरी कर्ता तामाङले भने जीमी लामाले मलाई फोन गरेर धम्काएको बताएका छन् । तर पासवानले भने त्यस्तो केही नभएको नभएको बताएका छन् । लामाले आफूले फसाउँन विभिन्न स्थानमा यस्तै उजुरी गर्दै हिँडेको पासवानले बताएका छन् । यस बारेमा उनी गृहमन्त्री सम्म पुगेका थिए । गृहमन्त्री बामदेव गौतमले यस्तो सानोतिनो कुरामा नअल्झिनु भन्दै सुझाव दिएको पासवानले बताए ।

Category:

0 comments