Home �
News
� ७२ लाख घुस लिँदै गर्दा विमानस्थल भन्सारका सुब्बा रंगेहात पक्राउ |
Unknown |
01:13 |
0
comments
शनिबार 22 कार्तिक, 2071

काठमाडौं, कार्तिक २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका नायवसुब्बा हरिवंश कार्की झन्डै ७२ लाख रूपैयाँ घुस लिँदैगर्दा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार साँझ ८ बजेतिर धुम्बाराहीको मुनलाइट क्याफेबाट कार्कीसँगै दुई भन्सार एजेन्ट देवराज भट्टराई र प्रेम अधिकारीलाई पक्रेको हो ।
घुस लिएको रकम दुई झोला र एक पोकामा थियो । दुईओटा गाडीमा रहेका उनीहरूको साथबाट नगद २१ लाख ४० हजार बरामद भएको हो ।
कार्कीको घरमा पनि रकम लुकाएर राखेको खबर पाएपछि अख्तियारको टोली आकाशे धारा पुगेको थियो ।
कार्की पक्राउ परेको थाहा पाएपछि उनकी श्रीमतीले पैसा र गहगहना धुम्बाराहीस्थित छोरीको साथीको घरमा फोहोर राख्ने ड्रममा लुकाएकी थिइन् । तर, केहीबेरमै कार्कीका श्रीमतीलाई खोज्दै पुगेका प्रहरीले उक्त स्थानबाट ५० लाख ९५ हजार नगद र केही गहना फेला पारेको थियो ।
हाकिम सुदीपचन्द्र साहले अवैध सुन तस्करीमा पक्राउ परेकालाई छुटाउन रकम लिन भनेपछि आफूले लिएको कार्कीले बताएका छन् । पक्राउ परेका एजेन्ट भट्टराईले भने अभिषेक सरकारलाई छुटाउन रकम दिएको बताएका छन् ।
अख्तियारको टोलीले दुईओटा गाडी पनि नियन्त्रणमा लिएको छ । अवैध सुन ल्याउँदा पक्राउ परेका भारतीय नागरिक भने पुर्पक्षका लागि थुनामा छन् ।
 |
Category:
News
0 comments