Hindi Films

आफ्नै भाइ र मामाको छोरा लगाएर श्रीमतीको बलात्कार

Unknown | 10:06 | 0 comments

२०७१ कार्तिक २५ गते
आफ्नी श्रीमतीलाई आफ्नै भाइमार्फत बलात्कार गराउने हिंश्रक मानव पनि हुँदा रहेछन् यो दुनियामा । भारतमा एक यस्तै कुख्यात अपराधी फेला परेका छन् । भारतको मुजफ्फरपूरस्थित मंसुरपुर गाउँका एक युवकले आफ्नो नपुंशकता लुकाउनका लागि आफ्नै भाइलाई भाउजु सुम्पिएका छन् । आफ्नी नवविवाहिता श्रीमतीलाई गएको नोभेम्बर ७ को राति आफ्नै भाइमार्फत बलात्कार गराएका हुन् । प्रहरीका अनुसार अक्टोबर २७ मा विवाह गरेका ती युवक नपुंशक रहेको कुरा नवबेहुलीले थाहा पाइहालिन् । लोग्ने नपुंशक रहेको थाहा पाएर पत्नीले घर छाडि्लन् भन्ने डरले सासु तथा अन्य महिलाले उनलाई सम्झाएका थिए र लोग्नेको उपचार चलिरहेको र ठीकै निको हुने बताएका थिए । तर ती युवती आफ्नो लोग्ने नपुंशक रहेको कुरा लुकाएर राख्ने मनसायमा थिइनन् । उनले यो कुरा आफ्नो माइतीमा पनि गरिन् । आफ्नो नपुंशकताको भेउ श्रीमतीले पाइसकेको र सो कुराले आफ्नो बेइज्जत हुन थालेको ठानेर ती युवकले नोभेम्बर ७ को रातमा श्रीमतीलाई कोठामा थुने । त्यसपछि उनीमाथि बलात्कार गर्नको लागि आफ्नो सानो भाइ र मामाको छोरालाई कोठाभित्र पठाए । यो कुरा कसैलाई भनेमा वा चिच्याएमा मारिदिने धम्की पनि दिए । ती युवतीमाथि त्यस रात आफ्नै देवर र मामाको छोराले पटक पटक बलात्कार गरे । सो कुरा एक स्थानीय महिलाले थाहा पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । पीडित र पीडकहरुको नाम भने खुलाइएको छैन ।

Category:

0 comments