Hindi Films

चौध वर्षे ठिटोको प्रेमिका फकाउने गज्जबको आइडिया (भिडियोसहित)

Unknown | 10:24 | 0 comments

काठमाडौं, कार्तिक २५ । १४ वर्षे एउटा किशोर आफ्नी प्रेमिकालाई फकाउन शब्द, संगीत र भिडियो मार्फत कोशिस गरिरहेको छ । तिमी मानन्...बोलको गीत मार्फत फूच्चे रक गायक अमन प्रधान प्रेमिकालाई पछ्याइरहेका छन् । स्वर, शब्द, संगीत र अभिनय मार्फत उनले प्रेमिकाको लागी सफल भूमिका निर्वाह गरेका छन् । चार बर्षको उमेरमा नै फूच्चे चाउचाउको विज्ञापनमा आवाज दिएर सांगीतिक आकाशमा देखिएका अमन प्रधानको ‘रक द वल्ड’ एल्बममा समेटिएको तिमी मानन, कुरा मानन् बोलको गीतमा स्वर मात्र होइन म्यूजिक भिडियोमा पनि अब्बल अभिनय गरेका छन् । संगीतकार तथा एरेन्जर राहुल प्रधानका छोरा अमनले तीनवटा एल्बम पनि बजारमा ल्याइसकेका छन् । नौ बर्षको उमेरमै राष्ट्रिय गीतमा स्वर दिएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले एकाएक चर्चा बटुल्न सफल भएका छन् । कक्षा आठमा अध्ययनरत उनले सन् २०१० मा आफ्नो पहिलो एल्बम ‘अमन द रक स्टार’ निकाले । दोस्रो एल्बम रकस्टार रिलोडेड ल्याए भने यही बर्ष तेस्रो एल्बम ‘रक द वल्र्ड’ ल्याएका छन् । तिमी मानन.. बोलको गीतमा उनले आफैं अभिनय गरेका छन भने मोडल इसान थापाले साथ दिएकी छिन् । हालै विमोचन गरिएको उक्त भिडियोमा आफनी प्रेमीकालाई ‘बेबी’ सम्बोधन गर्दै आफनो कुरा मान्न र बुझनलाई पछ्याइरहेको भिडियो कैद गरिएको छ ।
ईमेज म्यूजिक अवार्डमा कान्छा विजेता बनिसकेका अमनको यो नयाँ गीतमा बासु ढकालको शब्द रहेको छ भने उनकै बुवा राहुल प्रधानले संगीत भरिदिएका छन् । धिरज अधिकारीले निर्देशन तथा सम्पादन गरिएको नयाँ भिडियोमा अमन गज्जबले जमेका छन् । यसअघि उनले क्षेत्रप्रताप अधिकारी, योगेन्द्रमणी दाहाल, बासु ढकाल, नरेश भट्टराई, राजाराम ढकाल, पोपिराज राई, हेमन्त परदेशी लगायतका श्रष्टाको शब्दलाई स्वर दिइसकेका छन् ।

Category:

0 comments