मातेकी महिला सडकमा देख्दा पुरुषहरुले मन थाम्न नसकेपछि…(भिडियोसहित)
|
मातेकी महिला सडकमा देख्दा पुरुषहरुले मन थाम्न नसकेपछि…(भिडियोसहित)
, November 16, 2014
महिलाहरुको स्वतन्त्रतको लागि जतिसुकै चर्का नाराबाजी गरेपनि उनीहरुको हक, अधिकार अहिलेसम्म सुनिश्चित हुन सकेको छैन । विकशित मुलुक भनिएता पनि पुरुषहरु महिलाहरुमाथि आफ्नो अधिकार जमाउन र उनीहरुबाट पाएको खण्डमा फाइदा उठाउन नै खोजेका हुन्छन् । आफू निकै संयम भएर हिँडेको अवस्थामा त पुरुषहरुको गिद्देदृष्टी महिलाहरुमा सधैँ परिरहेको हुन्छ भने असंयमित भएको अवस्थामा के होला ?
नेपालमा महिलाहरुको अवस्थामा बारेमा हामीलाई थाहा नै छ । छिमेकी राष्ट्र भारतमा त अझ महिलाहरुको अवस्थामा नेपालको भन्दा दयनीय छ भन्दा फरक नपर्ला । अफिसबाट घर फर्किरहेको बेला होस्, घाँस काट्न जाँदा होस् अथवा पढ्न जाँदा नै, महिलाहरु कहिले पनि आफू निर्धक्क सँग हिँड्ने स्थिती आइसकेको छैन । यी सबै कुराहरुलाई प्रस्ट गर्ने एउटा भिडियो बनेको छ ।
महिलाहरुको अवस्थाको बारेमा जानकारी दिने भिडियोले युट्युबमा निकै तहल्का मच्चाइरहेको छ । महिलालाई समाजले हेर्ने दृष्टिकोण कस्तो छ भन्ने विषयमा यो भिडियो ऐनाको रुपमा खडा भएको छ । चार मिनेट ६ सेकेन्ड लामो उक्त भिडियोले हजार शब्दले वर्णन गर्न नसकिने यथार्थको चित्रण गरेको छ ।
उक्त भिडियोमा रक्सीले मातेको अभिनय गरिरहेकी महिलाले थुप्रै पुरुषहरुसँग आफ्नो घर जाने बाटो सोधिरहेकी छिन् । जुन कुरा भिडियोमा देखियो यो निकै प्रेरणादायी र दुःखपूर्ण रहेको छ ।
ती महिलाले भिडियोमा थुप्रै पुरुषहरुलाई कल्भर सिटी जाने मार्ग कुन हो भनेर सोधिरहेकी छिन् । तर ती सबै पुरुषहरुले ती महिलाको घर जाने बाटो देखाउनुको सट्टा आफ्नो घर लाने प्रयास गरिरहेका थिए ।
प्रथम पुरुषः
‘बस ? तिमीले बसको बारेमा चिन्ता लिनु पर्दैन । हामी अन्त कतै जान्छौँ– मेरो घरमा । मेरो घरको बाहिर थुप्रै बसहरु लाइन लागेर बसिरहेका छन् । मसँग पानीको खाट छ । ’
तेस्रो पुरुषः
‘यदि तिमी रमाइलो गर्न चाहन्छौँ भने मेरो ठाउँमा हिँड । म तिमीलाई केहि पनि पैसा दिन्न, हुन्छ ?’
यदि कुनै पुरुष यसै गरि हातमा बियरको बोतल बोक्दै, हिँड्न नसक्ने गरि मातेको अवस्थामा बाटोमा हिँडिरहेको हुन्छ भने, के ती पुरुषमाथि पनि कसैको गिद्देदृष्टी हुन्छ होला त ? उत्तर तपाईंहरुसँगै छ ।
|
Category: News
0 comments