Hindi Films

शक्तिको आडमा छोरी बलात्कार गर्ने अझैै खुलेआम

Unknown | 22:09 | 0 comments

  
  , November 16, 2014
विराटनगर, कार्तिक ३० – केही महिना अघि धर्मछोरी बलात्कार गरेको आरोपमा स्वयं छोरीले नै प्रहरीमा किटानी जाहेरी दिएको थाहा पाएर फरार भएका ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष गोपाल शर्मालाई प्रहरीले अझै पक्राउ गरेको छैन ।
प्रधानमन्त्री सुशील कोइराला खेमामा राम्रो पकड राख्ने भएकैले बलात्कार आरोपी शर्मालाई दुई महिनासम्म पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएको हो । मोरङ प्रहरीले चाँही आरोपी शर्मा नेपालभित्र नभएकोले पक्राउ गर्न नसकेको बताउँदै आएको छ । जबकी उनी दशैपछिसम्म पनि आफनो पुरानो मोवाइल नम्बर खुल्लै राखेर काठमाडौमा थिए ।

आरोपी शर्मालाई पक्राउ गर्न माग गर्दै विराटनगरमा महिला अधिकारवादी र मानवअधिकारवादीदेखि दलका भ्रातृ संगठनहरू पनि प्रहरी प्रशासनदेखि राजनैतिक दलसम्म डेलिगेसन दिन र ज्ञापनपत्र बुझाउन बाध्य भएका छन् ।
कार्तिक ११ गते पनि विराटनगरका एक दर्जन सामाजिक संस्थाले तत्काल शर्मालाई पक्राउ गरेर कानून अनुसार कार्बाही नचलाए थप संघर्ष थाल्ने चेतावनी दिंदै सिडियो गणेशराज कार्की, एसपी ठूले राईदेखि डीआईजी नवराज सिलवालसम्मलाई ज्ञापन पत्र बुझाएका थिए । इन्सेक, माइती नेपाल, कोकन, एबिसी नेपाललगायत एक दर्जन सामाजिक संस्थाहरूले प्रहरी प्रशासनलाई मात्र हैन अपराध कर्मको आरोप लागेका शर्मालाई राजनैतिक संरक्षण नदिन भन्दै ट्रेड युनियन कांग्रेस क्षेत्रिय समिति, नेपाली कांग्रेस, एमाले, एमाओवादी लगायतका दलहरूलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।
GOPAL-SHARMA-with-SUSHIL-KOIRALAयसरी जधन्य अपराध कर्म गरेर पनि आरोपीहरू सत्ता र पैसाको पहुँचमा फरार भैरहने हो भने पीडितले न्याय नपाउने र दण्डहीनता पनि नघट्ने अधिकारवादीहरूको भनाइ छ ।
पूर्वको पहाडी जिल्लाबाट छोरी बनाएर राख्छु भनेर शर्माले एक किशोरीलाई विराटनगर ल्याएका थिए । देखाउनका लागि उनले आफ्नै छोरी भनेर जन्मदर्ता पनि गराइदिएका थिए । तर शर्माले छोरी र अन्य युवतीबीच भेद पनि राख्न चाहेनन् । उनले विभिन्न बहानामा घरमा श्रीमती नभएको मौका पारेर छोरीलाई डरत्रास देखाएर यौन दुव्र्यवहार गर्ने गरेका थिए । विराटनगर ११ हाटखोलामा घर भएका शर्माले आफ्नो कुकर्मको पोल खुलेको र प्रहरीमा जाहेरी परेको थाहा पाएपछि शर्माले पीडित युवती र उनको परिवारलाई बैंक मार्फत अढाईलाख रुपैयाँ पठाएर घटना बाहिर नल्याउन लोभ्याएका थिए । तर पीडित परिवारले नमानेपछि शर्माले शक्तिको प्रयोग गरेर धम्की पनि दिएका थिए । तर पनि पीडित परिवारले नमानेपछि शर्मा पक्राउ पर्ने डरले लुसुक्क भागेर लुक्न थालेका हुन् ।
पिडित बालिकाले असोज २ गते शर्मा बिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । २०७० भदौ अन्तिम साता पनि बाबु मानेको मान्छेले आफुलाई करणी गर्ने गरेको गरेपछि बालिकाले आफना स्कुलका साथीहरुसँग पिडा पोखेपछि यो घटना बाहिर आएको थियो । मोरङ प्रहरीले असोज २२ गते मोरङ जिल्ला अदालतमा शर्मा बिरुद्ध जर्बजस्ती करणीमा मुद्दा दर्ता गराएको थियो ।

Category:

0 comments