Hindi Films

विवाहका कारण दीपक र दीपालाई हैरान

Unknown | 00:47 | 0 comments

मंगलबार बिहान एकाबिहानै भाइले कतारबाट फोन गरेर गाली गरेपछि म झसँग भएँ, कलाकार दीपाश्री निरौलाले भाइसँगको टेलिफोन संवाद सुनाउँदै भनिन् के गरेको तैंले यो पो भन्छ त । दीपाश्रीले भाइलाई अनलाइनहरुमा प्रकाशित खबरको शीर्षक मात्र होइन, पूरै समाचार बढ्न भनेपछि मात्र उनका भाई ढुक्क भए !' हास्यकलाकार निर्मल शर्माले फोर्स गाडीको एउटा टेलिभिजन विज्ञापनमा दीपकराज गिरी र दिपाश्री निरौलालाई श्रीमान्, श्रीमतीको भूमिकामा प्रस्तुत गरेको तस्बिर फेसबुकमा अपलोड गरेको केही घण्टापछि नै अनेकन अनलाइनमा थुप्रै गसिप प्रकाशित भए । दुलाहा दुहहीको भेषमा प्रस्तुत भएका दीपक र दीपालाई निर्मलले विवाह गरिदिएको आशयको गसिप भाइरल भएपछि दुवैको तनाव बढेको हो । सोमबार छायांकन गरिएको विज्ञापनको तस्बिरसहितको सामाग्री प्रकाशित भएपछि मंगलबार दिनभरि दीपा र दिपकलाई फोन गरेर बधाई दिनेहरु प्रशस्तै भए । बधाइ खाँदा खाँदा मोबाइल नै ह्याङ भैसक्यो, दीपाश्रीले मंसिर १ गतेकै दिन उक्त सामाग्री प्रकाशित भएकाले पनि नक्कली विवाहलाई नजिकका साथिभाइ तथा आफन्तले समेत सक्कली मानिदिएको बताइन् । ४५ सेकेण्डको उक्त विज्ञापन आगामी सातादेखि प्रसारणमा आउनेछ ।

Category:

0 comments