Hindi Films

६३ वर्षमा बिहे गर्ने रहर लाग्यो जीनतलाई

Unknown | 06:31 | 0 comments

मुम्बइ । सत्तरीको दशककी ‘हट एण्ड सेक्सी’ अभिनेत्री जीनत अमानले ६३ वर्षको उमेरमा पुनर्विवाहको रहर लागेको बताएकी छिन् । १९ नोभेम्बरदेखि उनी ६२ वर्ष पूरा भएर ६३ लागेकी छिन् । ‘हो म विवाह गर्न चाहन्छु । अहिले मेरा दुबै छोरा ठूला भएर आफ्नै खुट्टामा उभिन सक्ने भएका छन्’ उनले भनिन् । अब आफूले छोराहरुको बारेमा सोच्नुपर्ने अवस्था नरहेको भन्दै उनले आफ्नो बारेमा सोच्ने समय आएको बताईन् । जीनतले सन् १९८५ मा अभिनेता मजहर खानसँग विवाह गरेकी थिईन् । सन् १९९८ मा खानको निधन भएको थियो । आफ्नो जिन्दगीको विषयमा कुनै गुनासो नभएको धारणा राख्ने जीनतले भनेजस्तो भूमिका नपाएका कारण पछिल्लो समय फिल्ममा सक्रिय नभएको बताउँछिन् । उनले ७० देखि ८० को विचमा ‘हरे राम हरे कृष्ण’, ‘यादों की बारात’, ‘डन’, ‘कुर्वानी’, ‘लावारिस’, ‘दोस्ताना’ जस्ता फिल्ममा अभिनय गरेकी छन् ।

Category:

0 comments