Hindi Films

नायिका केकी अधिकारी बैंक काण्डमा मुछिइन्

Unknown | 01:50 | 0 comments

November 18, 2014
काठमाडौं, मंसिर २ – चर्चित नायिका केकि अधिकारी बैंक काण्डमा मुछिएकी छिन् । घर कर्जाको लागि सिभिल बैंकबाट लिएको ऋण नतिरेपछि जमानी बसेकी अधिकारीलाई बैंकले कालो सुचीमा राखी ३५ दिने सुचना आजको एक दैनिकमा सार्वजनिक समेत गरेको छ । सिभिल बैंक कमलादी शाखाबाट घर कर्जा शिर्षक अन्र्तगत लिएको कर्जा पटक– पटक सुचना दिँदा पनि नतिरेपछि उनीसहित तीन जनाको नाममा सुचना जारी गरेको हो । ३५ दिनभित्र पनि बैंकको कर्जासहित ऋण नतिरे बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ अनुसार कार्वाहि हुने जनाइएको छ । बाबु बद्री अधिकारीले लिएको कर्जामा उनी जमानी बसेकी छिन् ।

Category:

0 comments