Home �
News
� गोली लागेर एकजना समातिए, बीस लाख बोक्ने बेपत्ता
Unknown |
01:55 |
0
comments
|
 |

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरस्थित एसबीआइ बैंकबाट निकालिएको २० लाख लुट्ने हतियारधारी समूहका एकजनालाई प्रहरीले समाएको छ। घटनास्थलबाट करिब एक किलोमिटरको दुरीमा गोली लागेको अवस्थामा उनी पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा सिन्धुली पिपलमाडीका नारायण राइ छन् । उनको ढाडमा गोली लागेकोले उनलाई उपचारका लागि चितवन अस्पतालमा ल्याइएको छ। पक्राउ परेका अभियुक्त आफै घाइते भएर उपचारका लागि लगिाएको र केही बोल्नसक्ने अवस्था नरहेकाले घटनाबारे थप विवरण केही प्राप्त नभएको प्रहरीले बताएको छ।
रकम बोकेका तीनजना फरार रहेका छन् । प्रहरीले तीनको खोजी कार्य गरिरहेको छ। प्रहरीले रकम लुटेर भाग्ने क्रममा प्रयोग भएका दुईवटा मोटरसाइकल बा ३९ प ६९३३ र बा ६२ प ९४१८ पनि बरामद गरेको छ। भाग्ने क्रममा लुटेराले छोडेको आशंका प्रहरीको छ।
रौतहटको चन्द्रनिगाहपुरस्थित मेन रोडमा रहेको नेपाल एसबीआई बैकबाट रकम झिकेर निस्केका आइडी बैंक ( इन्फ्रास्ट्रक्चर डेभेलपमेन्ट बैंक) का गार्डलाई गोली हानी एउटा समुहले २० लाख लुटेका थिए। आइडी बैकका गार्ड टेक बहादुर कार्कीलाई तिघ्रामा दुई गोली हानी रकम लिएर भागेका थिए।
Category:
News
0 comments