Hindi Films

यी हुन् लादेनको टाउकोमा गोली हान्ने अमेरिकी सैनिक

Unknown | 16:22 | 0 comments


३९४ पटक
एजेन्सी । अलकायदा प्रमुख ओसामा बिन लादेनको टाउकोमा गोली प्रहार गर्ने अमेरिकी नेवी सिल टिम सिक्सका सैनिकको फोटो सार्वजनिक भएको छ ।
यो अमेरिकी नेवी सिलको नाम आव ओ नील हो । उक्त टोलीले ओसामाको टाउकोमा तीन गोली प्रहार गरेको थियो । उक्त गोली नीलको बन्दुकबाट निक्लिएका थिए ।
navy-seal
अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्युजले अन्तरवार्ता गरेलगत्तै राब व नील संसारका सामुने आएका हुन् । अन्तरवार्ताका क्रममा उनले ओसामासँग जोडिएका केही गोप्य कुराहरु समेत सार्वजनिक गरेका थिए ।
सन् २०११ मे ११ मा पाकिस्तानको एबटावादमा अलकायदा प्रमुख लादेनलाई नेवी सील टिम सिक्सले गोली हानी हत्या गरेको थियो । नीलका पिता टोमले आफ्ना छोरा ओसामा मिसनमा सामेल भएको पुष्टि गरेका छन् ।
नीलको पहिचान सबैभन्दा पहिले www.sofrep.com नामको सैनिकसँग जोडिएको वेबसाइडले गरेको थियो । उनी १६ वर्षे सैनिक सेवाबाट अवकास पाइसकेका सैनिक हुन् ।

Category:

0 comments